भर्खरै :

सूनपाको ध्यान जाओस्

सूनपाको ध्यान जाओस्

हैजा र झाडापखाला बढ्दो छ । वर्षामा पानीजन्य रोग बढ्नु स्वाभाविक हो भन्नु भन्दा केही व्यक्तिको असावधानीले गर्दा रोगले प्रकोपको रूप लिन बेर लाग्दैन ।
अरनिको राजमार्गको नलिञ्चोक बाँसघारी झरेदेखि नै ढलको गन्धले बाटो हिँडिनसक्नु छ । दैनिक ओहोरदोहोर गर्नेले नाक थुनेर हिँड्ला ¤ तर, बाँसघारीभन्दा तलको बस्ती बाचामारी (भातेढिकुर) र सोभन्दा मुन्तिर बस्ने मानिसलाई त्यसको असर कस्तो भयो होला ? के नगरपालिकालाई थाहा छैन होला ? त्यस बाटोमा सूर्यविनायक नगरपालिकाका प्रमुख हिँड्ने बाटो नपरेकोले थाहा नभएको बहानाबाजी गर्ला । तर, एमाले र काङ्ग्रेसका वडाध्यक्ष त हिँड्छन् नि ? वर्षाैँसम्म शौचालयको ढल खुला छोड्दा पनि केही नगर्ने सूर्यविनायक नगरपालिकाले जनताको विश्वास कसरी जित्ला ?
हामी स्थानीयवासीको समस्या नबुझ्ने, खाली कर उठाउनमात्र नगरपालिका घोषणा गर्ने यहाँका शासकलाई जनताले के उपहार पठाउने हो ? अहिले सल्लाह गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *