जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, १ भदौ । भक्तपुर नगरपालिकाले २०८१ गुन्हीपुन्ही सापारु पर्वलाई मध्यनजर गरी सापारु प्रदक्षिणा मार्गमा सचेतनामूलक सफाइ ¥याली आयोजना गरेको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको नेतृत्वमा भक्तपुरको खौमाबाट सुरु भएको सरसफाइ ¥याली दत्तात्रयमा पुगी सभामा परिणत भएको थियो ।
सरसफाइ कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गाईजात्रा पर्व भव्यरूपमा सम्पन्न गर्न संस्कृतिकर्मी तथा इन्टरनेट तथा केबुल नेटवर्क एवं सेवा प्रदायकहरूसँग छलफल गर्दै आएको बताउनुभयो ।
सरसफाइ अभियान एक साङ्केतिक अभियान रहेको बताउँदै उहाँले भक्तपुर नगरपालिकाले परम्परागत तथा आधुनिक विधाहरूको पुरस्कार वितरण गर्दै आएको चर्चा गर्नुभयो ।
उपप्रमुख रजनी जोशीले भनपाले महत्वपूर्ण चाडवाडको पूर्व सन्ध्यामा प्रचारप्रसार गर्दै आएको स्पष्ट पार्दै सम्पदा संरक्षणमा जनताको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले भूकम्पले क्षति भएका सम्पदाहरूको पुनः निर्माण अधिकांश सम्पन्न भइसकेको र केही योजना चालु अवस्थामा रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले भक्तपुरको ऐतिहासिक गाईजात्रा पर्व सभ्य र भव्य मनाउने उद्देश्यले सरसफाइ कार्यक्रम गर्दै आएको र नगरपालिकाले उद्घोष गरेको नाराअनुसार कला र संस्कृति जगेना गर्दै आइरहेको बताउनुभयो ।
विभिन्न विद्यालयका विद्यार्थीहरूसहितको सहभागितामा सम्पन्न सरसफाइमा विद्यार्थीहरूले सन्देशमूलक नारा लेखिएका प्ले कार्डसहित नगर परिक्रमा गरेका थिए ।
सरसफाइ कार्यक्रममा सहकारी, टीम, पुस्तकालय तथा वाचनालयका प्रतिनिधि तथा जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरूको सहभागिता थियो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply