भर्खरै :

एक समाचार शीर्षकबारे फरक दृष्टि

एक समाचार शीर्षकबारे फरक दृष्टि

काठमाडौँ, ७ भदौ । ६ भदौ २०८१ को नयाँ पत्रिकाको एक समाचार शीर्षक रहेको छ – “प्राज्ञिक थलोमा राजनीतिक ‘गुण्डागर्दी’ ।”
‘राजनीति’ र ‘गुण्डागर्दी’ पूर्णतः अलगअलग विषय हुन् । एउटैमा मिसाउनु वा राजनीतिलाई ‘पक्षपात’, ‘भागबन्डा’ र ‘भेदभाव’ शब्द प्रयोग उपयुक्त छ । यदि सरकार चलाउनेहरूले देशको ऐन–कानुन, नियम, चलन–चल्ती र परम्पराअनुसार नगरी मनपरी मनोनीत वा नियुक्ति गरेकोमा त्यसलाई जसरी ‘राजनीतिक गुण्डागर्दी’ भन्न मिल्दैन त्यस्तै विद्यार्थीहरू वा कुनै समूहले ऐन–कानुन र नियम एवं चलिआएको व्यवहारको ठाउँमा आफ्नो मानिस सो ठाउँमा नियुक्त वा मनोनीत गर्नु वा गराउन खोज्नु स्वयम् ‘राजनैतिक गुण्डागर्दी’ नभई ‘अराजकता’ वा ‘बलमिचाइँ’ हो ।
कुनै एकजना शिक्षामन्त्री वा प्रधानमन्त्रीले शिक्षकहरूले ‘राजनीति गर्नु हुन्न’ र ‘राजनीति गर्नुहुन्छ’ भन्ने जस्ता अभिव्यक्ति स्वयं सरकारी ओहोदामा बस्नेहरूको ‘शिक्षक’ र ‘राजनीति’ शब्दप्रति बौद्धिक दरिद्रता हो ।
शिक्षकहरू पनि नेपाली नागरिकहरू नै भएको हुँदा देशको बारे चासो लिनु, निर्वाचनमा कुनै पार्टीलाई मत दिनु तिनीहरूको राजनैतिक अधिकार हो । मानिस एक राजनीतिक प्राणी हो । बाँदर, पशु वा पन्छी राजनीतिक प्राणी होइनन् । तर, शिक्षामन्त्री वा सरकारी ओहदाका व्यक्तिले शिक्षकले ‘राजनीति गर्नु हुन्न’ भन्नु र ‘राजनीति गर्न पाउनुपर्छ’ भन्ने भाषा दुवै गलत अर्थ लगाई हो ।
सरकारी ओहोदामा बस्ने व्यक्तिले शिक्षकहरू विद्यालय नगई हाजिर गर्ने र छात्र–छात्राहरूलाई पढाउँदै नपढाई तलब असुल्ने, पढाइमा पक्षपात गर्ने, काठमाडौँ उपत्यकामा सरुवा भई आफ्नो व्यापार र व्यक्तिगतरूपले मन्त्रालय र विभागहरू चहारेर बढी तलब तथा घुस खान पाउने एयरपोर्ट वा भन्सारमा सरुवाको निम्ति भनसुन गर्न स्कूलमा हाजिर गर्ने शिक्षकले त्यसो गर्नुहुन्न भन्नुपर्दथ्यो ।
शिक्षकले विदेशी विश्वविद्यालयमा पठाएर विद्यार्थीहरूसँग २–२ लाख, ३–३ लाख वा सोभन्दा बढी कमिसन लिई विदेश पठाउने दलालको काम गर्ने, म्यानपावर कम्पनीमार्फत युवा र विद्यार्थीहरूलाई विदेश पठाउने, ठेकेदार (निर्माण व्यवसायीसँग) कुनै एउटा शासक पार्टीको नाममा जबरजस्ती पैसा उठाउने शिक्षकलाई ओहोदामा बस्ने प्रधानमन्त्री वा कुनै पदाधिकारीहरूले त्यस्ता शिक्षकको दलाली कामलाई राजनीतिक अधिकार भन्नु स्वयम् ओहोदामा बस्ने व्यक्तिले ‘राजनीति’ शब्दलाई नै कलङ्कित पारेको ठहरिनेछ ।
प्रधानमन्त्री र मन्त्रीहरू एउटा न एउटा पार्टीकै सदस्य हुन् र स्वतन्त्र सांसद भए पनि उसको पनि एउटा राजनीतिक उद्देश्य, सिद्धान्त र नैतिकता हुन्छ, स्वतन्त्र संसद् पनि दहीचिउरे र पिपलपाते हुन सक्दैन । यसकारण, ओहोदामा बस्नेहरू स्वयम् राजनीतिक प्राणी (देश र जनताको सेवा गर्ने प्रण गरेका व्यक्ति) हुँदा अरूलाई लुटपाट गर्नु र दलाल बन्नुलाई कसैको राजनीतिक अधिकार छ भन्न सक्दैन ।
कुनै शिक्षकले कक्षामा देशभक्तिको कुरा गरेमा देशको स्वतन्त्रता र सार्वभौमिकताको हितको कुरा गरेमा वा साम्राज्यवादको विरोध गर्दा उसलाई गैरकानुनी कुरा ग¥यो वा राजनीति ग¥यो भन्न मिल्दैन । बरु, साम्राज्यवादको विरोध गर्नेलाई देश र जनताको सेवा ग¥यो भन्नु उचित हुन्छ र साम्राज्यवादको विरोध गर्नुलाई राजनीति ग¥यो भन्ने ओहोदाका मानिसहरूलाई राजनीतिक रूपले दरिद्र र दलाली मानसिकताको व्यक्ति भन्नु बढी उपयुक्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *