ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
काठमाडौँ, ९ भदौ । युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीको प्रमुख आतिथ्यमा मन्त्रालयको आयोजनामा मन्त्रालयको सभाकक्षमा खेलकुदसम्बन्धी बैठक आइतबार सम्पन्न भयो ।
कार्यक्रममा मन्त्री चौधरीले मन्त्रालयले उपत्यकाभित्रका १८ वटा नगरपालिकाहरूको खेलकुद गतिविधिहरू स¥हानीय रहेको बताउँदै मन्त्रालयले निकट भविष्यमा खेलकुदसम्बन्धी कानुनहरू संशोधन गर्न लागिरहेको जानकारी दिनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य सँगसँगै खेलकुद क्षेत्रमा गरिरहेको कार्य देशभरि चर्चाको विषय बनिरहेको भन्दै सङ्घ र प्रदेशबाट खटाइएका करिब २०० जना खेलकुद प्रशिक्षकहरूलाई स्थानीय तहका विद्यालयहरूमा प्रशिक्षण गर्न लगाउन आवश्यक पहल भइरहेको बताउनुभयो ।
मन्त्री चौधरीले सरोकारवालाहरूसँग नियमितरूपमा बैठक भइरहेको चर्चा गर्दै काठमाडाँै उपत्यकाभित्रका प्रमुखहरूबाट देशभरिकै निम्ति नीति, नियम, ऐन र कार्यविधि बनाएर आवश्यकताअनुसार राय सुझावको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय तहलाई स–साना पूर्वाधार निर्माण र प्रतियोगिताहरू सञ्चालन गर्न दिनुपर्ने, प्रदेश सरकारमार्पmत मध्यम खालको पूर्वाधार र प्रतियोगिताहरू तथा सङ्घबाट राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माण तथा प्रतियोगिताहरू सञ्चालन गर्नुपर्ने र सङ्घ, प्रदेश र स्थानीय तहका समितिहरूबिच समन्वय गरी पूर्वाधार निर्माण तथा खेलकुद प्रतियोगिताहरू सञ्चालन भएमा खेलकुद क्षेत्रको विकासको लागि सहज हुने बताउनुभयो । राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न व्यवस्थित पूर्वाधार आवश्यक छ –उहाँले भन्नुभयो ।
खेलाडीहरूलाई रोजगारीको अवसर प्रदान गरी उनीहरूलाई प्रोत्साहित गर्न खेललाई पनि विश्वविद्यालयले समानान्तर उपाधि दिनुपर्ने विचार राख्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले भलिबल, फूटबल, बक्सिङ, जिम्नेस्टिक, टेबुल टेनिस र कराँते गरी ६ ओटा खेलको नियमित प्रशिक्षण दिइरहेको बताउँदै भनपाले आत्मरक्षासम्बन्धी तालिम, छिकोङ खेलको प्रशिक्षण गरिरहेको जानकारी दिनुभयो ।
उहाँले बेखाल टेबुलटेनिस कभर्ड हल निर्माण गरी प्रशिक्षण गरिरहेको, खेलकुद कभर्ड हल र बक्सिङ कभर्ड हल निर्माण गरी प्रशिक्षण चलिरहेको जानकारी दिनुभयो । प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको अन्तरनगर खेलकुद प्रतियोगिताअन्तर्गत पहिलो वर्ष (२०७४) भलिबल, दोस्रो वर्ष (२०७५) कराँते, तेस्रो वर्ष (२०७६) एथलेटिक्स, चौथो वर्ष (२०७७) मा ब¬द्धिचाल, छैटौँ वर्ष (२०७९) खो–खो र सातौँ वर्ष (२०८०)– महिला कब्बडी प्रतियोगिता आयोजना गरिएको तथा हरेक वर्ष विद्यालयस्तरीय नगरब्यापी खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्दै आएकोमा गत वर्ष सामुदायिक र निजी गरी ८२ वटा विद्यालयका २५०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गर्दै आएको र खेलाडीहरूलाई प्रत्येक वर्ष सम्मान गर्ने कार्यक्रम गर्दै आएको पनि बताउनुभयो ।
कार्यक्रमममा मन्त्रालयका सचिव सुमनराज अर्यालले खेलकुद विकास र व्यवस्थापनको लागि मन्त्रालयले नीतिगत सुधार गर्न ऐन, नियम र नीतिमा संशोधन गर्न क्रमबद्धरूपमा सम्भावित क्षेत्रहरूसँग सुझाव सङ्कलन गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले खेलकुद परिषदको ५९ औँ वार्षिकोत्सवबाट खेलाडीहरूलाई मात्र नभई स्थानीय तहहरूलाई पुरस्कृत गर्ने थालनी गरी प्रोत्साहित गर्न प्रत्येक स्थानीय तहमा एउटा खेलकुद कभर्ड हल र आउटडोर हल हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नगरपालिकाले मेयर कप फुटबल प्रतियोगिता गर्दै आइरहेको बताउँदै साफ खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई आजीवन ५ हजार भत्ता दिने कार्यको सुरुवात गरिएको जानकारी दिनुभयो ।
त्यसैगरी तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले तारकेश्वर नपाले पहिलो पटक मेयर कप खेलकुद आयोजना गरी विभिन्न ६ वटा खेलहरूको प्रतियोगिता सञ्चालन गरिएको तथा १३ औँ राष्ट्रपति कपमा काठमाडौँ उपत्यकाम प्रथम हुन सफल भएको बताउँदै खेलकुद क्षेत्रलाई समुदायबाटै प्रवद्र्धन गर्नुपर्ने र मन्त्रालयले यसको अनुगमन र मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले अन्तर्राष्ट्रिय खेलाडीहरू क्रमशः पलायन हुँदै गइरहेकोमा चिन्ता व्यक्त गर्दै खेलकुद पूर्वाधार विकासमा मन्त्रालयले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बुढानीलकण्ठ नगरपालिकाले नगर कप सञ्चालन गर्दै खेलाडीहरू सम्मानका कार्यक्रम गर्दै आएको बताउँदै नगरपालिकाले बुढानीलकण्ठ खेल मैदान निर्माणको लागि बजेट विनियोजन गरी पूर्वाधार निर्माण गरिरहेकोमा हुँदा सङ्घमार्पmत सहयोगको अपेक्षा गर्नुभयो ।
त्यसैगरी गोकर्णेश्वर नपाका प्रमुख दिपक कुमार रिसालले नपाले ३ वटा डोजो सञ्चालन गरिरहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय खेलकुद खेल्न जाने खेलाडीहरूलाई हवाई टिकटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा किर्तिपुर नगरपालिकाका कार्यवाहक प्रमुख शुभलक्ष्मी शाक्य र चन्द्रागिरी नगरपालिका वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुईटेल लगायतले पनि पालिकाको खेलकुद गतिविधि र तीन वटै सरकारले खेलकुद क्षेत्रमा गर्नुपर्ने कार्यहरूबारे आ–आप्mनो राय सुझाव राख्नुभएको थियो ।
Leave a Reply