भर्खरै :

बारामा पनि भक्तपुर काण्डको विरोध कार्यक्रम

बारामा पनि भक्तपुर काण्डको विरोध कार्यक्रम

बारा, ९ भदौ । राज्यस्तरबाट रचिएको भक्तपुर काण्डको विरोधमा नेपाल मजदुर किसान पार्टी बारा जिल्ला समितिको आयोजनामा एक प्रशिक्षण कार्यक्रम सदरमुकाम कलैयामा सम्पन्न भयो ।
कार्यक्रमको सभापतित्व ग्रहण गर्दै नेमकिपाका केन्द्रीय सदस्य तथा बारा जिल्ला अध्यक्ष मुक्ति यादवले पञ्चायती सरकारले २०४५ सालमा नेमकिपालाई समूल नष्ट गर्ने नियतले भक्तपुर काण्डको षडयन्त्र रचेको बताउनुभयो ।
उहाँले प्रतिक्रियावादी शासक वर्ग जहिले पनि षडयन्त्रकारी हुने बताउँदै त्यस्ता षडयन्त्र देशको कुनै पनि भागमा पुनः दाहोरिनसक्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा बारा जिल्ला समितिका रामएकवाल राउत, रविन्द्र यादव र जावेद मियाँले पनि भक्तपुर काण्ड, समसामयिक राजनीतिक स्थिति र युवाहरूको समस्याबारे बोल्नुभएको थियो भने लक्ष्मी यादवले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *