दुर्गम क्षेत्रमा उडान बन्द किन ?
- चैत्र ६, २०८१
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कामदार जनताका लागि बाँच्ने आधार बन्दै छ । काठमाडौँ उपत्यकाको एक भाग भएर पनि वरिपरिका विभिन्न जिल्लाका बिरामीलाई उपचारको निम्ति महँगा र राजधानीका अस्पतालहरूमा धाउनु नपरेको बिरामीहरू बताउँछन् । सस्तो र भरपर्दाे उपचार व्यवस्था भएकोले नै ख्वप अस्पताल रोजेको सर्वसाधारणको धारणा छ ।
स्वास्थ्य उपचार सेवाहरू, २४ सै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, एक्सेर ल्याब, फिजियोथेरापी आदि सेवाले गर्दा भक्तपुर नगरवासीले मात्रै होइन देशभरकै कामदार जनताले सेवा पाइरहेका छन् । देशभरकै बिरामीले स्वस्फूर्तरूपमा सेवा लिन पाउनु कामदार जनताको सौभाग्य नै हो । देश र जनताको सेवा गर्ने उद्देश्यका साथ अघि बढेको भक्तपुर नगरपालिकाको यो कार्य सम्मानयोग्य छ ।
शासक दलहरू पटकपटक सत्तामा जाने र देशलाई भड्खालोमा हाल्ने काम गर्दै छन् । सत्ताको परिवर्तन र गठबन्धनको नाममा जनतालाई धोका दिइँदै छ । देश र जनतासँग सम्बन्धित समस्याका बारेमा न बोल्न चाहन्छन् न सुन्न र हेर्न । आफ्नो कार्यकर्ता, भ्रष्टाचारी र हत्याराहरूलाई बचाउने बाँदरे चटक देखाउनै तल्लीन छन् ।
भक्तपुर जिल्लाको एउटा नगरपालिकामा नेमकिपाका जनप्रतिनिधिको नेतृत्वले लाखौँ जनताको स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा परिवर्तन ल्याइरहेको देखिन्छ । देशको शासन सत्ता नै आफ्नो हातमा लिएका शासकहरूले देश र जनताको निम्ति के गरे ? सोचनीय छ, पालैपालो देशको ढुकुटी रित्याउने लुटुवा र ठगतन्त्रले गर्दा जनतामा शासक दलप्रति वितृष्णा जागेको पाइन्छ ।
सत्तामा बसी जनतालाई काण्डै काण्ड र भ्रष्टाचारको उपहार दिइँदै छ । प्रचण्ड, ओली र देउवा एकले अर्काेलाई धोका दिएको दाबी गर्छन् । साँच्चै धोकामा त ती कामदार जनता परेका छन् जसले बिरामी हुँदा उपचार पाइरहेका छैनन् । खेतीपातीको मौसममा पैसा तिरेर पनि रासायनिक मलको अभाव खेप्नुपरेको छ, बीउको अभाव, फसल नै नलाग्ने बीउको कारण उत्पादन नै नहुने र वर्षाको समयमा जीउ धनको सुरक्षा छैनन् । गाउँ नै रित्तो भएको छ । कामदार नभ्याइने र बिरामी हुँदा अस्पताल पु¥याउने कोही छैनन् । जिउँदाको जन्ती र मर्दाका मलामी नै नभएको अवस्था छ । शासकहरूले गर्दा कामदार जनताले दुःख पाइरहेका छन् । शासक दलहरू नै धोकेबाज हुन् । करोडौँको गाडी चढ्ने मन्त्री तथा प्रधानमन्त्रीको केही रकमले जिल्ला र नगरपालिकामा अस्पताल निर्माण गरेमा जनताले उपचार पाउँथे भने ख्वप अस्पतालको त्यो चाप पनि कम हुने थियो । उपचार व्यवस्थामा पनि सहज पुग्ने थिए ।
ख्वप अस्पतालले मानवता देखाएको छ । वर्षाको समयमा धेरै किसिमका रोगहरू बढ्ने, घटनाहरूदेखि लिएर सबै खालका बिरामीहरूका लागि शनिबारको दिन पनि सेवा प्रदान गर्दै आइरहेको छ । हजारौँ बिरामीले उपचार पाइरहेको छ । ७५३ वटा स्थानीय तहमध्ये नेमकिपाले जितेको एउटा नगरपालिकाले एक्लो बृहस्पतिको काम गरिरहेको छ । आकाशमा हजारौँ लाखौँ तारा पुञ्ज र तारामण्डलहरू छन् । सूर्य र चन्द्रमाको प्रकाशले उज्यालो दिइरहेको छ । लाखौँ हजारौँका तारामण्डल र तारापुञ्जले होइनन् । यी शासक दलहरू पनि यस्तै छन् । ठुलो र धेरैको दम्भ देखाउने काम भने सिन्को पनि नभाच्ने कामदार जनता बताउँछन् ।
स्वास्थ्यजस्तो महत्वपूर्ण क्षेत्रमा भक्तपुर नगरले दिएको स्वास्थ्य उपचार सेवाले कामदार जनतामा आशा पलाएको पाइन्छ । अझ स्वास्थ्य उपचार व्यवस्थितरूपमा सञ्चालन हुँदै जानेमा पनि कामदार जनतामा विश्वास रहेको देखिन्छ । आवश्यक मात्रामा औषधिको सल्लाह, समयमै डाक्टरहरूको उपस्थिति, केही कर्मचारी र नर्सहरूको व्यवहारमा सुधार भएमा सुनमा सुगन्ध हुने बताउँछन् । बीमाको छाप लगाउने स्थान पनि व्यवस्थित गरेमा सहज हुने बिरामीहरू बताउँछन् ।
बालबालिकाको लागि सानो बाल उद्यानको व्यवस्था भएमा बालबालिकाको उपचार गर्ने स्थानमा पालो कुर्ने र प्रतिक्षालयमा थोरै ठाउँको व्यवस्थापन गरी केही जानकारीमूलक प्रकाशन, पत्रपत्रिका र स्वास्थ्यसँग सम्बन्धित ब्रोसरहरू राखेमा बिरामीलाई प्रतिक्षा गर्न सहज हुने देखिन्छ । यसले गर्दा समयको सदुपयोग हुनुको साथै कुनै समय पनि छोटो भएको अनुभूति हुने अध्ययनले नागरिक भावनाको विकास हुने देखिन्छ ।
Leave a Reply