भर्खरै :

साउन २०८१ को ‘जनमत’ हेर्न पाउँदा

साउन २०८१ को ‘जनमत’ हेर्न पाउँदा

साहित्यिक मासिक ‘जनमत’ को ३२२ औँ अङ्क अर्थात् साउन २०८१ को ‘भक्तपुर विशेष अङ्क’ हेर्ने अवसर मिल्यो । ‘जनमत’ परिवारलाई साधुवाद !
मोहन दुवालको ‘भक्तपुर’ कविताबाट ठिमी मध्यपुरका नविन प्रकाश श्रेष्ठको ‘प्रेम गीत’ सम्म भक्तपुर र अन्य विषयका विविध विधाका साहित्य पढ्न पाउँदा सन्तोषको अनुभव भयो ।
तेजेश्वरबाबु ग्वंगः को दैनिकी, साहित्य अध्ययन र लेखनबारे अन्तर्वार्ताको रूपमा पढ्न पाए पाठकहरूले ।
चक्रपाणि चालिसे र युद्धप्रसाद मिश्रजस्ता पुराना कविहरूको दुई कविताले उहाँहरूलाई स्मरण गरायो । चन्द्रबहादुर उलक, दामोदर सुवाल, अभय श्रेष्ठ, हरिहर तिमिल्सिनाजस्ता नयाँ कविहरूको लामलाई ‘जनमत’ ले चिनाउने काम ग¥यो । सुरेन्द्रलाल भुजुको ‘मेरो भक्तपुर’ ले आफूलाई परिचित गर्ने काम ग¥यो भने कृष्णप्रसाद बागजुको ‘माफ गर है माया’ ले ‘रोमानी भावनामै’ एउटा व्यङ्ग्य पनि पस्काउने काम ग¥यो ।
धनमान श्रेष्ठ र रत्न प्रजापतिका कथाले पनि कथाकारलाई चिनायो । रत्न प्रजापतिको ‘दुःखान्त’ कथाले नेपालीको विदेशमा गई काम गर्ने मोह र नेपालका सरकारहरूको अमेरिकी डलरको आक्रमणको उपचार गर्न नसक्दा नेपाली जनता ‘दुःखान्त’ र दुर्भाग्य झेल्न बाध्य छन् ।
३२२ औँ अङ्कको ‘जनमत’ भक्तपुर जिल्लाका धेरै नयाँ र पुराना लेखक, कवि, कथाकार र गजलकारहरूलाई एउटै मालामा उनिने कामको सफलताको निम्ति बधाई छ ।
‘जनमत’ को निरन्तरताको निम्ति शुभकामना व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *