भर्खरै :

सिद्धि गणेश साकोसद्वारा प्रशिक्षणहरू समापन

सिद्धि गणेश साकोसद्वारा प्रशिक्षणहरू समापन

भक्तपुर, २८ भदौ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को यातु गणेश सेवा केन्द्र व्यवस्थापन उपसमिति तथा लघुवित्त तथा बचत समूह परिचालन उपसमितिको संयुक्त आयोजनामा दुईहप्ते नेपालभाषा प्रचलित लिपि प्रशिक्षण तथा एकहप्ते अचार बनाउने तालिमको समापन कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सहकारीको सिद्धान्तअन्तर्गतको सामाजिक सेवाको पालना गरी निरन्तर सीपमूलक तथा क्षमता अभिवृद्धि तालिम आयोजना गर्दै आएको जानकारी दिनुभयो । उहाँले तालिममा सिकेका सीपको निरन्तर अभ्यास गर्दै आफूले सिकेको सीप अरूलाई समेत सिकाउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष लाखाले लिपिमा मात्र नभई आफ्नो मातृ भाषाको समेत ज्ञान सबैले राख्नुपर्छ भन्नुभयो ।
संस्थाका सञ्चालक सदस्य एवं लघुवित्त तथा बचत समूह परिचालन उपसमितिका संयोजक रत्नश्वरी चवालले संस्थाका सदस्यहरूलाई सक्षम र आत्मनिर्भर बनाउन निरन्तर सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी दिँदै तालिमबाट सिकेको सीपले सदस्यहरू एक सफल उद्यमी बन्न टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रमका सभापति यातु गणेश सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक रमेश दुमरुले सहकारी संस्था समुदायमा आधारित रहनुपर्ने बताउँदै संस्था आर्थिक कारोबारमा मात्र सीमित नभई सामाजिक हितको निम्ति निरन्तर लागिरहेको बताउनुभयो ।
कार्यक्रममा यातु गणेश सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सचिव प्रकाश प्रजापति, सदस्य कमल कोजु, प्रचलित लिपिका प्रशिक्षक किशोर गोसाई, अचार बनाउने तालिमका प्रशिक्षक उर्मिला श्रेष्ठ, प्रशिक्षार्थी सेफिना ग्वाछा र पुस्तिका दुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *