कसरी सामना गर्ने मानसिक स्वास्थ्य समस्याको ?
- आश्विन २६, २०८१
भक्तपुर, २९ भदौ । भक्तपुर नगरपालिका वडा नं. ६ ‘आमा समूह’ को आयोजनामा शनिबार एक कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले आमा समूहका सदस्यहरूलाई सन्तुलित खानेकुराबारे सम्बन्धित क्षेत्रका जानकारहरूबाट कक्षा सञ्चालनको व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिनुभयो ।
आमा समूहका सदस्यहरूले नयाँ पुस्ता अर्थात् आफ्ना छोराछोरी, नाति नातिनीलाई आफूसँग भएको कथा, कहानी, गीत–सङ्गीत सिकाएर समाज सुसंस्कृत बनाउन सहयोग गर्नु जरूरी भएको आवश्यकता औँल्याउँदै सांसद सुवालले भन्नुभयो, “पुराना पुस्ताले नयाँ पुस्तालाई जाँड–रक्सी, चुरोट र अन्य दुव्र्यसनीबाट बचाउन सानैदेखि सचेत गराउनु आवश्यक छ । तयारी पत्रु खानेकुरा किनेर खुवाउनुभन्दा घरको खानेकुरा बनाएर खुवाउँदा नयाँ पुस्ता स्वस्थ हुनेछ ।”
उहाँले भन्नुभयो, “सरकारले कृषिलाई बेवास्ता गरेको हुँदा दैनिक उपभोग्य खाद्यान्न विषादी भएको दाल, तरकारी, फलफूल भारतबाट आयात भइरहेको छ । विषादी भएको खाद्यान्नले २०–३० वर्षका युवालाई समेत क्यान्सर, किड्नी, मुटुको रोग लागेको सार्वजनिक भइरहेको छ ।”
वडाका सबै आमा समूहलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय एवं स्वास्थ्य तथा खानपानबारे जानकारी दिने कार्यक्रम नियमितरूपमा हुनु उपयुक्त हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवाल, कार्यपालिका सदस्य रोशनमैयाँ सुवाल, आमा समूहका कृष्णमाया अवाल र सानुमैया बजिकोले पनि बोल्नुभएको थियो ।
Leave a Reply