कसरी सामना गर्ने मानसिक स्वास्थ्य समस्याको ?
- आश्विन २६, २०८१
भक्तपुर, २९ भदौ । झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि.गोमारी, भक्तपुरको शिक्षा उपसमितिको आयोजनामा संस्थाका बाल बचत सदस्यहरूको निम्ति शैक्षिक उपहार कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले बाल्यकालदेखि नै बच्चाहरूलाई मातृभाषा सिकाउनुका साथै हाम्रै समाजमा पुर्खाले छोडेर गएका अमूर्त सम्पत्ति र बाजागाजा बजाउन सिकाउनुपर्नेमा जोड दिँदै यसबाट आफ्नो पहिचान रहिरहने कुरा बताउनुभयो ।
गायन, चित्रकलासँगै समाजलाई परिचित गराई सामाजिक कार्यमा बाल्यावस्थादेखि लगाउन सके साँच्चिकै भोलिको कर्णधार तयार हुने धारणा राख्दै उहाँले यस्ता कार्यहरूले बालबालिकाहरूको मनमस्तिष्कमा नयाँ सोच ल्याउने कार्यमा सङ्घ, संस्था, अभिभावक एवं शिक्षकहरूले सहजीकरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
संस्थापक अध्यक्ष एवं आदर्श आजाद मा.वि./कलेजका प्राचार्य श्रीकृष्ण किसीले बालबालिकाहरूलाई प्रोत्साहन गर्न यस्तो कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
संस्थाका अध्यक्ष नारायणप्रसाद कवांले बालबालिकाहरूको चौतर्फी विकास गर्नुपर्ने भएकोले यस्ता कार्यक्रमले सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
शिक्षा उपसमितिका संयोजक एवं संस्थापक सचिव आशाकुमार चिकंबञ्जारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका व्यवस्थापक तुल्सीराम ग्वाछा र शिक्षा उपसमितिका सदस्य लक्ष्मीसुन्दर सुवाललगायतले बोल्नुभयो ।
झीगु ख्वप बाँसुरी बाजा समूहको धुनमा प्रमुख अतिथिबाट पानसमा द्वीप प्रज्वलन गरेर सुरु भएको सो कार्यक्रममा २४० जना बाल बचत सदस्यहरूलाई शैक्षिक सामग्री उपहार प्रदान गरिएको थियो ।
Leave a Reply