चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
भक्तपुर, ४ असोज । अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक खण्डमा सडक विभाग, सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास आयोजनाद्वारा स्वीकृत डीपीआरमा आदर्श चोकमा साबिकमा आदर्श डाँगाचा चारदोबाटो नभएको सम्बन्धमा स्थानीयवासीद्वारा सो चोक इन्टरसेक्सन कायम गर्न आयोजना र भक्तपुर नपामा समेत आदर्श चोकमा साविकमा झैँ चौबाटो कायम हुने गरी बाटो विस्तार गर्न माग गरिएको थियो । उक्त मागबमोजिम २०८१/१/३१ मा गठित आदर्श चोक निर्माणको सम्भाव्यता अध्ययन कार्यदलको तर्पmबाट संयोजक योगेन्द्रमान बिजुक्छेँले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई शुक्रबार प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।
कार्यदलले पेस गरेको उक्त प्रतिवेदनअनुसार आदर्श चोकको पश्चिमतर्पm लेफ्ट सर्भिस लेनमा हाल लगाइएको टेवा पर्खाल (Original Design Level-1318.67m) बाट ०.९५ मि. थप गरी टेवा पर्खाल निर्माण गर्ने तथा सिद्धि स्मृति अस्पताल जाने बाटोको मुखमा हालको रोड लेभलबाट १.३८ मि. अग्लो हुने गरी दुबैतर्पm टेवा पर्खाल निर्माण गर्ने तथा लेफ्ट सर्भिस लेनदेखि सिद्धि स्मृति अस्पताल जाने बाटोतर्पm ४.७५ मि. सम्म ५.५ इन्च ग्रेड तत्पश्चात् ५५ मि. सम्म ८.६५ इन्चमा सडकको ग्रेड कायम गर्न सकिने उल्लेख छ । साथै निर्माणाधीन ६ लेन सडकको मेन लेन र राइट सर्भिस लेन हालको डिजाइन÷ड्रइङमा कुनै परिमार्जन गर्नु नपर्ने गरी इन्टरसेक्सन कायम गर्नुपर्ने सिफारिस गरेको छ ।
कार्यदलमा भक्तपुर नपा–७ का वडाध्यक्ष उकेश कवां, भक्तपुर नपा ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजु, भक्तपुर नगरपालिकाका योजना शाखा प्रमुख दिलभक्त जयना, इन्जिनियर सुशील बासी, सूर्यविनायक धुलिखेल सडक आयोजनाका सी.डी.ई. नारायणप्रसाद लामिछाने र इन्जिनियर विवेक पाण्डे तथा स्थानीय सरोकारवालाहरू कुमार चवाल र मणिरत्न बज्राचार्य सदस्य रहनुभएको छ ।
Leave a Reply