अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १३ असोज । नवज्योति बचत तथा ऋण सहकारी संस्था लि.को २० औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सदस्य सृजना सैँजूले सहकारीका शेयर सदस्यहरू संस्थाको मालिक भएकोले संस्थाको हिसाबकिताबबारेमा चासो देखाउनुपर्नेमा जोड दिँदै सहकारीमा पनि वर्गीय अवस्था देखापर्छ भन्नुभयो ।
सहकारीका ठगी धन्दा गर्नेहरूको बचावत गर्ने राजनैतिक पार्टीका नेता र पार्टीहरूदेखि सतर्क हुनुपर्ने बताउँदै उहाँले सरकारले रासायनिक मल कारखाना खोल्न पेट्रोल र डिजेलको बहाना बनाउनु खेदजनक छ भन्नुभयो ।
नेपालको विभिन्न स्थानमा जथाभावी प्लटिङले गर्दा खेत र बस्ती डुबानमा परेको बताउँदै उहाँले आज डेङ्गुको महामारी चल्दै गर्दा सरकारले सिटामोल पनि व्यवस्था गर्न नसक्नु लाजमर्दो अवस्था सृजना भएको छ भन्नुभयो ।
साम्राज्यवादी अमेरिकाको उक्साहतमा इजरायलले प्यालेस्टिन देश नै निमित्यान्न हुने गरी गरेको युद्ध फासीवादी भएको भन्नुभयो ।
सूर्यविनायक नगरपालिका वडा नं. ७ का अध्यक्ष रवीन्द्र सापकोटाले विधि विधानमा सञ्चालन गरेको सहकारीमा कुनै पनि समस्या नहुने बताउँदै खानेपानीलाई व्यवस्थित गर्न लागिपरेको चर्चा गर्नुभयो ।
संस्थाका अध्यक्ष काजीबहादुर पञ्चको सभापतित्वमा भएको उक्त सभामा ज्योति जागरण प्राङ्गारिक कृषि सहकारी संस्था लि.का अध्यक्ष मनोज श्रेष्ठले शुभकामना दिनुभएको थियो । उक्त कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष लक्ष्मीप्रसाद कोजुले स्वागत गर्नुभएको थियो ।
सचिव शिवबहादुर खुलिमुलीले संस्थाको प्रगति र भावि कार्यक्रमहरू र कोषाध्यक्ष सूर्यबहादुर माकजुले आर्थिक प्रतिवेदन र आ.व. २०८१÷८२ को बजेट तथा लेखा सुपरिवेक्षण समितिका संयोजकले आन्तरिक लेखापरीक्षणको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उक्त सभामा वाग्मती प्रदेशसदस्य सैंजूबाट ज्येष्ठ शेयर सदस्यहरूलाई टोपी, दोसल्ला र सम्मानपत्रद्वारा सम्मान र एसईई उत्तीर्ण विद्यार्थीहरूलाई नगदस्वरूप बधाई कार्यक्रम भयो । सभापतिले अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभएको उक्त कार्यक्रममा असल ऋणी र सबैभन्दा बढी ब्याज पाउने शेयर सदस्यहरूलाई कदरपत्र उपलब्ध गराइएको थियो ।
Leave a Reply