भर्खरै :

सामुदायिक इ. स्कूलमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

सामुदायिक इ. स्कूलमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

भक्तपुर, २२ असोज । सामुदायिक इ.स्कूलमा शुभकामना आदानप्रदान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि मन्जुमैँया लाखाजूले शिक्षकले नै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने र विभिन्न विधामा दिइएको पुरस्कारले विद्यार्थीको हौसल्ला बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर कोजुले सुख र समृद्घिको शुभकामना व्यक्त गर्नुभयो ।
वर्षभरिमा विद्यालयमा भएका अतिरिक्त क्रियाकलाप सरसफाइ, विद्यालय कक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थी भाइबहिनीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक राज्यलक्ष्मी ख्याजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाँले आजका साना भाइबहिनी भोलिका कर्णधार हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रशासन सहायक शर्मिला नायजू र विष्णुप्रभा सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *