भर्खरै :

नेपाल भलिबल टीम रजत पदकसहित काठमाडौँ फिर्ता

नेपाल भलिबल टीम रजत पदकसहित काठमाडौँ फिर्ता

काठमाडौँ, २८ असोज । श्रीलङ्काको कोलोम्बोमा सम्पन्न काभा २० वर्षमुनिको पुरुष भलिबल प्रतियोगिता २०२४ मा नेपालले दोस्रो स्थान हासिल गरी शिल्डसहित नेपाल भलिबल सङ्घका उपाध्यक्ष एवं रेफ्री डेलिगेट गौतमप्रसाद लासिवा, टीमका सम्पूर्ण खेलाडी र अफिसियलहरू आइतबार नेपाल फर्किनुभएको छ ।
प्रतियोगिताको च्याम्पियन उज्बेकिस्तानसँग ३–१ ले फाइनलमा कडा प्रतिस्पर्धाबिच पराजित भई रजत पदकमा चित्त बुझाउनुपरेको टीम नेपालका सम्पूर्ण पदाधिकारी र खेलाडीहरूलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द र महासचिव रोशन श्रेष्ठसहित सङ्घको अन्य पदाधिकारीहरूले स्वागत तथा अभिनन्दन गर्नुभएको थियो । श्रीलङ्कामा फाइनल म्याच खेलेका खेलाडी र पदाधिकारीहरूलाई अध्यक्ष चन्दले जमरा र टीकासहित बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो भने विमानस्थलमा स्वदेशी पाहुनाहरूले बधाई ज्ञापन गर्नुभएको थियो ।
नेपालको पुरुष भलिबल टीम पहिलोपटक फाइनल प्रवेश गरी दोस्रो स्थान प्राप्त गरेको हो । श्रीलङ्काको कोलोम्बोमा सम्पन्न यस प्रतियोगितामा उज्बेकिस्थानका हायदारोभ सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् भने नेपालका पहल गहतराज उत्कृष्ट आउटसाइड हिटर र अर्जुन नेपाली उत्कृष्ट मिडल ब्लकर हुन सफल भएका छन् । प्रतियोगितामा तुर्किस्तान किर्गिस्तानलाई पराजित गरी तेस्रो स्थान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *