शिक्षण सिकाइ प्रभावकारी बनाउन विद्यार्थीको मनोविज्ञान बुझ्नु आवश्यक
- बैशाख २७, २०८३
नेपालभाषा साहित्य सम्मेलन र सांस्कृतिक कार्यक्रम सोमबारदेखि सुरु भयो । सम्मेलनमा नयाँ र पुराना साहित्यकारहरूले कविता, कथा र निबन्ध वाचन गरे । सम्मेलनमा मजदुर, किसान, महिला, युवा, विद्यार्थी, कर्मचारी, कवि, कथाकार, कलाकार, व्यापारी, व्यवसायी, बुद्धिजीवीबाहेक इतिहासकार, सम्पदाविद्, कानुनविद्, जलस्रोतविद्, चिकित्सक, इन्जिनियर, मानव अधिकारवादीहरू पनि सहभागी भए । उनीहरूले आ–आफ्ना अनुभवका शिक्षामूलक विचार व्यक्त गरे । साहित्यकार र अतिथिहरूले कामदारवर्गको पक्षमा साहित्य वाचन गरे, विचार व्यक्त गरे । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भन्नुभएको थियो, “कामदारवर्गको साहित्य पुँजीवादी साहित्य चकनाचुर पार्ने बन्दुक र बम हो ।”
माक्र्स र एङ्गेल्सले भन्नुभएको थियो, “हालसम्मका दार्शनिकहरूले संसारको व्याख्या विश्लेषण गरे । तर, मुख्य कुरा संसारलाई नै बदल्ने हो ।” चिनियाँ साहित्यकार लुसुनले क्रान्तिकारीहरूले लेख्ने काम सुरु नगरेसम्म क्रान्तिकारी साहित्य अघि नबढ्ने बताउनुभएको थियो । देशमा परिवर्तन ल्याउन सबै चाँजोपाँजो मिलाउनुपर्छ । क्रान्तिकारी संस्कृति बहुसङ्ख्यक जनताको निम्ति शक्तिशाली क्रान्तिकारी हतियार हुन्छ । यसकारण, क्रान्ति गर्नुअघि जनतालाई वैचारिक, सांस्कृतिक र सैद्धान्तिकरूपले सचेत पार्नुपर्छ । चिनियाँ नेता माओ त्सेतुङले सर्वहारावादी साहित्य र कला सबै सर्वहारा क्रान्तिकारीको उद्देश्यको एक भाग हो† यो क्रान्तिकारी मेसिनका दाँती वा पेचकिला हो भन्नुभएको थियो ।
जनताको साहित्य प्रगतिशील हुनुपर्छ । प्रगतिशील साहित्यले जनताको सेवा गर्छ । प्रगतिशील साहित्यले परिवर्तनको निम्ति सहयोग गर्छ । जनताको पक्षमा लेखिएको साहित्य जनताको साहित्य हुन्छ । त्यस्तो साहित्यकार जनताको प्रिय हुन्छ । जनताको समस्या र पीडाबारे लेखिएको साहित्य जनताको निम्ति प्रिय हुन्छ । लेखक, कवि, कथाकार, कलाकारले जनतालाई साम्राज्यवादविरोधी र विस्तारवादी भावना जगाउनुपर्छ; जगाउन लेख्नुपर्छ । यसबारे जनतालाई सुसूचित नपारेसम्म साम्राज्यवादी शक्तिलाई हराउन सक्ने छैन । नेपालभाषा साहित्य तःमुंज्यामा यस्तै विचार तथा भावना अभिव्यक्त भए । वक्ता र साहित्यकारहरूको स्वरमा साम्राज्यवादविरोधी भावना र विचार थियो । उनीहरूको स्वरमा संयुक्त राज्य अमेरिकाको हतियार र आर्थिक सहयोगमा इजरायलले प्यालेस्टिन र लेबनानमा गरिरहेको हमलाको विरोधी भावना थियो ।
कृषिप्रधान देशमा रासायनिक मल कारखाना खोल्नेतर्फ सरकारको ध्यान नगएको, बाढी पहिरो पीडितसमक्ष समयमै राहत नपुगेको, संविधानअनुसार देशमा मावि तहसम्म निःशुल्क शिक्षा व्यवस्था नभएको, शासकहरू दलगत र व्यक्तिगत स्वार्थमा लागेर जनता भुलेको विषयमा साहित्य र मन्तव्यकेन्द्रित रह्यो । जनताको श्रम र पसिनामा रजाइँ गर्ने देशका शासकहरूलाई जनताबिच उदाङ्ग्याउनुपर्ने र देशलाई सन्तुलित विकास गर्नुपर्ने विषयमा साहित्यकेन्द्रित रह्यो । जनतालाई सुसूचित पारेर सङ्गठित गर्न नै जनताका कवि, कलाकार र संस्कृतिकर्मीहरूको आवश्यकता हुन्छ । असल र क्रान्तिकारी कवि, कलाकार र संस्कृतिकर्मीले क्रान्तिको चेतना जगाउँछ । नेपालभाषा साहित्य तःमुंज्याले जनताको सही विचार बोकिरहेको छ† निःस्वार्थपूर्वक जनताको सेवा गरिरहेको छ ।
तःमुंज्याले प्रत्येक वर्ष देश, जनता र समाजको निम्ति उल्लेख्य योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ । सम्मेलनको पहिलो दिन जनकवि दुर्गालाल श्रेष्ठ र सम्पदा संरक्षणमा निरन्तर लागिपरेका भागवत नरसिंह प्रधानलाई सम्मान गरियो । जनकवि श्रेष्ठले देशप्रेमी कविता वाचन गर्नुभयो भने सम्पदाप्रेमी प्रधानले काठमाडौँको थँ बहस्थित कमलपोखरी संरक्षणको निम्ति चालेको अभियानबारे जानकारी दिनुभयो । सम्मानप्रति सम्मानित व्यक्तिहरूले खुसी व्यक्त गरे ।
हो, साहित्यको सीमा हुँदैन । साहित्य देशीय र अन्तरदेशीय हुन्छ । विद्वान् सर्वत्र पूज्यते अर्थात् विद्वान् सर्वत्र पुजिन्छ भन्ने भनाइ नै छ । कुनै एक देशका लेखक, कवि, कथाकार, कलाकारले लेखेको लेख, कविता, कथा, नाटक, उपन्यास, खण्डकाव्य, महाकाव्य, जीवनी, निबन्ध अरु अरु देशमा पनि पुग्छ । त्यस्तै, साहित्य पढेर, अध्ययन गरेर अरु साहित्यकारहरू प्रेरित हुन्छन्† साहित्य लेख्छन् र जनतालाई सुसूचित पार्ने काम गर्छन् । साहित्य प्रचार गर्ने भरपर्दाे स्रोत हो । कति राजनीतिज्ञहरू साहित्यकार पनि हुन्छन् । साहित्य लेखेर, लेख लेखेर र राजनीतिक विचार जनतामाझ पु¥याएर जनतालाई सुसूचित पार्ने काम भइरहनुपर्छ । नेपालभाषा साहित्य तःमुंज्याले देश विदेशका मुक्ति र स्वतन्त्रता आन्दोलन, कवि, कथा, निबन्ध, ख्याल (व्यङ्ग्य), एकाङ्की नाटकबाट देश तथा विदेशमा भइरहेको घटनाबारे उजागर गर्ने काम गरेको छ । देशमा परिवर्तनको निम्ति गर्नुपर्ने पहिलो खुड्किलो भनेको जनतालाई सचेत र सङ्गठित गर्नु हो, वैचारिक, सांस्कृतिक र सैद्धान्तिक ज्ञान दिनु हो । तःमुंज्या त्यसैको एक प्रशिक्षण केन्द्र हो ।
Leave a Reply