भर्खरै :

विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको तेस्रो दिनसम्ममा पाँच खेल सम्पन्न

विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको तेस्रो दिनसम्ममा पाँच खेल सम्पन्न

भक्तपुर, ११ कार्तिक । भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक ९ गतेदेखि सुरू भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको तेस्रो दिन आइतबासम्ममा पाँच खेल सम्पन्न भएको छ । आइतबार छात्र/छात्रा भलिबल, टेबुलटेनिस, उसु, कराँते र तेक्वान्डो प्रतियोगिता सम्पन्न भयो ।
बेखाल कभर्ड हलमा सञ्चालन भइरहेको टेबलटेनिस प्रतियोगिताअन्तर्गत १२ वर्षमुनिको छात्रमा प्रभात इङ्गलिस सेकेन्डरी स्कूलका सफल सुवाल पहिलो, प्रोक्सिमा इन्टरनेसनल एकेडेमीका नयन लालुवा द्वितीय तथा प्रोक्सिमा इन्टरनेसनल एकेडेमीका युनिक आलेमगर र लनर्स एकेडेमीका प्रत्युस शिल्पकार संयुक्तरूपमा तृतीय भए ।
१२ वर्षमुनिको छात्रातर्फ प्रभात इङ्गलिस सेकेन्डरी स्कूलका उर्वी सुवाल पहिलो, प्रोक्सिमा इन्टरनेसनल एकेडेमीका निरू गाइजु दोस्रो तथा प्रभात इङ्गलिस सेकन्डरी स्कूलका आरोही सुवाल र प्रभात इङ्गलिस सेकन्डरी स्कूलकै शारोना बासुकला संयुक्त रूपमा तृतीय भइन् ।
१६ वर्षमुनिको छात्रतर्फ बासु माविका रिवज बज्राचार्य पहिलो, द राइजिङ इङ्गलिस सेकेन्डरी स्कूलका ओजिल सुवाल दोस्रो तथा लनर्स एकेडेमीका आयुष बोयजू र एभरेष्ट इङ्गलिस स्कूलका निरल बासुकला संयुक्तरूपमा तेस्रो भए ।
१६ वर्ष मुनिको छात्रातर्फ प्रभात इङ्गलिस सेकेन्डरी स्कूलकै सोफिया कोजू, कलशा सितिखू पहिलो र दोस्रो भइन् भने रोश्ना कोजु तथा लनर्स एकेडेमीका मालश्री सुवाल संयुक्तरूपमा तेस्रो भइन् ।
टेबलटेनिसअन्तर्गतकै छात्र डब्बलतर्फ प्रोक्सिमा इन्टरनेसनल एकेडेमीका नयन लालुवा र स्याइनफ देउलाको जोडी पहिलो, लनर्स एकेडेमीका आयुष बोयजू र सुप्रिम शिल्पकारको जोडी दोस्रो तथा द राइजिङ इङ्गलिस सेकेन्डरी स्कूलका ओजिल सुवाल र निशान रञ्जितकारको जोडी र जेन्युइन सेकेन्डरी स्कूलका ओसिन महत र समन्त पोखरेलको जोडी संयुक्त रूपमा तेस्रो भए । छात्रा डब्बलतफै प्रभात इङ्गलिस सेकन्डरी स्कूलका उर्वी सुवाल र सोफिना कोजूको जोडी पहिलो, लनर्स एकेडेमीका मालश्री सुवाल र सिमोन दुवालको जोडी दोस्रो तथा प्रभात इङ्गलिस सेकन्डरी स्कूलका रोसना कोजू र कलशा सितिखूको जोडी तथा आरोही सुवाल र शारोना बासुकलाको जोडी संयुक्तरूपमा तेस्रो भइन् ।
छात्र टीम टेबलटेनिसमा प्रभात इङ्गलिस सेकेन्डरी स्कूल पहिलो, प्रोक्सिमा इन्टरनेसनल एकेडेमी दोस्रो तथा बासु मावि र एभरेस्ट इङ्गलिस स्कूल संयुक्त रूपमा तेस्रो भए । छात्रा टीम टेबलटेनिसमा प्रभात इङ्गलिस सेकन्डरी स्कूल पहिलो, लनर्स एकेडेमी दोस्रो तथा प्रोक्सिमा इन्टरनेसनल एकेडेमी र जेन्युइन सेकेन्डरी स्कूल संयुक्तरूपमा तेस्रो भए ।
सहिद स्मृति खेल मैदानमा सम्पन्न छात्र भलिबल प्रतियोगिताको फाइनलमा पद्म माविले वागीश्वरी माविलाई २–१ सेटले पराजित गरी क्रमशः पहिलो र दोस्रो भए भने शारदा मावि र गणेश मावि संयुक्त रूपमा तेस्रो भए । छात्रा भलिबलको फाइनलमा बासु माविले अक्सफोर्ड प्राक्टिकल स्कूललाई २–१ सेटले पराजित गरी क्रमशः पहिलो र दोस्रो भए भने पद्म मावि र वागीश्वरी मावि संयुक्त रूपमा तृतीय भए ।
विद्यार्थी निकेतन माविमा सम्पन्न तेक्वान्डो प्रतियोगिताको छात्र ३८–४२ केजी तौल समूहमा वागीश्वरी माविका विराज विक पहिलो, भीम आदर्श आधारभूत विद्यालयका गणेश तामाङ दोस्रो तथा प्रोक्सिमा इन्टरनेसनल एकेडेमीका सोहन सतसंकर र सेकरिट हार्ट एकेडेमीका रोशन तामाङ संयुक्त रूपमा तेस्रो भए । छात्र ४२–४६ केजी तौल समूहमा वागीश्वरी माविका नवीन सेन्चुरी पहिलो, शारदा माविका निमा रूम्बा दोस्रो तथा अक्सफोर्ड प्राक्टिकल स्कूलका आशिक घर्ती र बाल विकास इङ्गलिस स्कूलका कविर लोहला संयुक्त रूपमा तेस्रो भए ।
छात्र ४६–५० केजी तौल समूहमा माउन्ट भ्यालीका समिर तामाङ पहिलो, लनर्स एकेडेमीका दोस्रो तथा वागीश्वरी माविका प्रज्वल श्रेष्ठ र ग्लिटर फ्युचर स्टार इङ्गलिस स्कूलका सोमनाथ तामाङ संयुक्त रूपमा तेस्रो भए ।
तेक्वान्डोको छात्रा २७–२९ केजी समूहमा प्रोक्सिमा इन्टरनेसनल एकेडेमीका कृतिका देउला पहिलो, वागीश्वरी माविका वर्षा घर्ती दोस्रो तथा मिनर्वा इङ्गलिस स्कूलका रीतिका शिल्पकार र जेन्युइन इङ्गलिस स्कूलका आयुषा प्रसाई संयुक्त रूपमा तेस्रो भए । छात्रा २९ –३२ केजी समूहमा वागीश्वरी माविका रितु श्रेष्ठ पहिलो, मिनर्वा इङ्गलिस स्कूलका नितिषा भारती दोस्रो तथा बासु माविका रीता विक र युनिषा विक संयुक्तरूपमा तेस्रो भए ।
छात्रा ३२–३५ केजी समूहमा ग्लिटर फ्युचर स्टार इङ्गलिस स्कूलका अमृता लामा पहिलो, ङातापोल इङ्गलिस स्कूलका दीपिका स्याङतान दोस्रो तथा जेन्युइन इङ्गलिस स्कूलका आरूषी भण्डारी र पारागन एकेडेमीका खुसी मोक्तान संयुक्तरूपमा तेस्रो भइन् । छात्रा ३८–४२ केजी तौल समूहमा वागीश्वरी माविका दिया लाखा पहिलो, सेकरिट हार्ट एकेडेमीका आकृति दोङ दोस्रो तथा ख्वप्रिङ इङ्गलिस एकेडेमी क्रिज्मा फेलू तथा माउन्ट भ्याली इङ्गलिस स्कूलका संयुक्तरूपमा तेस्रो भए ।
भक्तपुर नगरपालिका ३ वडा नासमनामा भएको उसुतर्फको छात्र तिलु खेलमा मेधा माविका प्रधुमन त्वाती पहिलो, मेधा माविकै विनम्र खाइतु दोस्रो र बाल विकास स्कूलका सुप्रिच वासी र एभरेस्ट स्कूलका आर्यव बजगाई तेस्रो हुन सफल भए । त्यसैगरी छात्रा तिलुमा वागीश्वरी माविका इलिका प्रजापति पहिलो, मेधा माविका दिया दथेपुथे दोस्रो र जिया मान्धर र साम्रागी रावल संयुक्तरूपमा तेस्रो भइन् ।
उसुतर्फकै छात्र ताइची खेलमा मेधा माविका रिसन तिमिला पहिलो, बाल विकास स्कूलका अरिज बोहजु दोस्रो र सैनिक आवासीय माविका जयराम मण्डल र मेधा माविका सौगात फैजु संयुक्तरूपमा तेस्रो भए । ताइची छात्रातर्फ एभरेष्ट स्कूलका दिया मल्ल पहिलो, मेधा मावि समृद्धि बुद्धाचार्य दोस्रो र ख्वप्रिङ एकेडेमीका मल्लिका छ्वाजु र एभरेष्ट स्कूलका आयुसा सिमाछ्वा संयुक्तरूपमा तेस्रो भइन् ।
उसुतर्फकै छात्र सान्डा २५ केजी तौल समूहमा एभरेष्ट इ. स्कूलका एन्जेल चौलागाइँ पहिलो, मेधा मावि सफल भट्टराई दोस्रो र एभरेष्ट इ. स्कूलका राजवीर आगंजा र ब्राइटस्टार इ. स्कूलका प्रवल सुवाल संयुक्तरूपमा तेस्रो भए । सान्डा ३० केजी तौल समूहमा मेधा माविका मिङमार तामाङ पहिलो, एभरेष्ट इ.स्कूलका हृदयन गौतम दोस्रो र बाल विकास स्कूलका मोहित ग्वाछा र एभरेष्ट इ. स्कूलका सुमित माकजु संयुक्तरूपमा तेस्रो भए । त्यसैगरी छात्र सान्डा ३५ तौल समूहमा मेधा माविका तन सुवाल पहिलो, जेसिस स्कूलका रियान बाटी दोस्रो र बाल विकास स्कूलका शुभम कोजु र रोमन फैजु तेस्रो भए । सान्डा ४० तौल समूहमा सामुदायिक इ. स्कूल रेगनसन वैद्य पहिलो, बाल विकास स्कूलका रितेस छुंजु दोस्रो र एभरेस्ट स्कूल सिद्धान्त लामिछाने र जेसिस स्कूलका निमेश बोहरा गए । छात्र सान्डा ४५ केजीतर्फ मोर्डन इ. स्कूलका सुशन डोटेल पहिलो, एभरेष्ट इङ्गलिस स्कूलका श्रीयक श्रेष्ठ दोस्रो, एभरेस्टकै अमूल्य उप्रेती र आयुष खत्री तेस्रो भए । छात्र सान्डा ४८ तर्फ मेधा माविका साजन लामिछाने पहिलो, हिमालयन ग्लोरीका आयुस गोरा दोस्रो, मेधा माविका अमृत लोप्चन र एभरेस्ट स्कूलका योङजोल जङ बस्नेत तेस्रो भए । सान्डा ५२ केजी तौल समूहमा मेधा माविका रोशन वाइजु पहिलो, मोर्डन इ. स्कूलका सौगात कार्की दोस्रो र एभरेष्ट इ. स्कूलका आदर्श गुरागाई र बिक्रम बोहरा तेस्रो भए । सान्डा ५६ केजी समूहमा जेसिस स्कूलका त्रिजन सुवाल पहिलो, एभरेस्ट इ. स्कूलका रमोन श्रेष्ठ दोस्रो र बाल विकास स्कूलका उमङ्ग तुईतुई र मोर्डन इ. स्कूल उत्कर्ष भद्रा तेस्रो हुन भए ।
त्यसैगरी उसुकै छात्रा सान्डामा २५ केजी तौल समूह मेधा स्कूलका एलिसा लामा पहिलो र एभरेस्ट इ. स्कूलका भूमि प्रजापति दोस्रो भए । छात्रा ३० केजी सान्डामा एभरेस्ट इ. स्कूलका सिम्रिक प्रजापति पहिलो र बाल विकास स्कूलका तना भुजेल दोस्रो भए । छात्रातर्फ ३५ केजी सान्डामा एभरेस्ट स्कूलका स्मारिका सुवेदी पहिलो, मेधा माविका रिया कोजु दोस्रो, एभरेस्ट स्कूलका सर्भाग्य कवां तेस्रो भए । छात्रा ४० केजी सान्डामा मेधा स्कूलका आसन्न भट्टराई पहिलो, एभरेस्ट स्कूलका खुसी भुजेल दोस्रो र औभा ढुङ्गेल तेस्रो भए । छात्रा ५२ तौल सान्डामा मेधा माविका रोजिना विक पहिलो र सरा दुवाल दोस्रो भए ।
भक्तपुर नगरपालिका वडा नं.९ दत्तात्रयमा भएको कराँते प्रतियोगिताको छात्रा कातामा वागीश्वरीका सोनिया ह्योँमिखा पहिलो, डेमोस स्कूलका अस्मिता तामाङ दोस्रो र युनिसा तामाङ तेस्रो भए । छात्र कातामा वागीश्वरी माविका विमलकुमार थापा पहिलो, पारागन स्कूलका साहाँस तामाङ दोस्रो र प्रभात इ. स्कूलका श्रीरिष सितिखु र साइनिङ इ. स्कूलका तेन्जिङ लामा तेस्रो भए ।
करातेतर्फकै छात्र कुमिते २५ केजी तौल समूहमा डेमोस स्कूलका बरून तामाङ पहिलो, माउन्ट भ्यालीका सुभम राजचल दोस्रो, डेमोस स्कूलका इसुभ लामा तेस्रो भए । कुमिते ३० केजी समूहमा वाइज ल्यान्डका सेयास कासुला पहिलो, कमलविनायक किन्डरगार्डेनका साम्पेन डोर्जे लामा दोस्रो र दिप्सन खड्का तेस्रो भए । छात्र कुमिते ३५ केजी समूहमा विद्यार्थी निकेतनका सन्दिप मिजार पहिलो, साइनिङ स्कूलका केसाङ्ग लामा दोस्रो, सामुदायिक स्कूलका ते लामा र मिनर्वा स्कूलका नेमार डोर्जे थिङ तेस्रो भए । छात्र कुमिते ४० केजी समूहमा होली गार्डेनका आदित श्रेष्ठ पहिलो, रोम्बस स्कूलका जेनिक सुलु दोस्रो र माउन्ट भ्यालीका सुलभ भुजेल र मेधा माविका आदित्य दाहाल तेस्रो भए । ४५ केजी छात्र कुमितेमा आदर्श आजाद माविका सुमन सुवेदी पहिलो, मिनर्वा स्कूलका आयुस लामा दोस्रो र वागीश्वरी माविका रविना बडुवाल तथा श्री पद्म माविका गौरव पाण्डे तेस्रो भए । ४८ केजी छात्र कुमितेमा वागीश्वरी माविका कृष ग्वाछा पहिलो, आयन मगर दोस्रो र माउन्ट भ्यालीका रिवस सुलु तेस्रो भए । ५२ केजी छात्र कुमितेमा बागीश्वरीका विमलकुमार थापा पहिलो, माउन्ट भ्यालीका विकल चवाल दोस्रो र होलिगार्डेन स्कूलका सोहन श्रेष्ठ र डेमोस इ. स्कूलका छेदुक तामाङ तेस्रो भए ।
कराँते छात्रा कुमिते २५ केजी समूहमा माउन्ट भ्यालीका सुजिता तामाङ पहिलो, डेमोस स्कूलका इशानी तामाङ दोस्रो र एभरेस्ट स्कूलका समृद्धि दाहाल र अभ्नि न्यौपाने तेस्रो भए । ३० केजी छात्र कुमितेमा वागीश्वरी माविका रूविना सुलु पहिलो, कमलविनायक किन्डरगार्डेनका अस्विना गुरूङ दोस्रो र माउन्ट भ्यालीका निभा रञ्जित र गोल्डेन गेट स्कूलका सायसा थपलिया तेस्रो भए । छात्रा कुमिते ३५ केजीमा डेमोस स्कूलका अस्मिता तामाङ पहिलो, शारदा माविका करिस्मा तामाङ दोस्रो र कमलविनायक किन्डरगार्डेनका सुविरा भट्टराई र वासु माविका त कोण्डा तेस्रो भए । ४० केजी छात्रा कुमितेमा वागीश्वरी माविका पुर्णिमा खत्री पहिलो, गोल्डेनगेट स्कूलका रीतिका लामा दोस्रो र बाल विकास स्कूलका सुरवी तामाङ र डेमोस स्कूलका अञ्जली गुरूङ तेस्रो भए । ४५ केजी छात्रा कुमितेमा वागीश्वरी माविका श्रीया शाही पहिलो, शारदा माविका सदीक्षा थापामगर दोस्रो र ख्वप्रिङ एकेडेमीका सलिना कासिछ्र्वा तेस्रो भए । ५० केजी छात्रा कुमितेमा रोम्बस स्कूलका कृतिका राई पहिलो, मेधा माविका गौरवी हमाल दोस्रो र मिनर्वा स्कूलका मलिना योञ्जन र विद्यार्थी निकेतन माविका हसिका श्रेष्ठले तेस्रो भए ।
महेश्वरी खेल मैदानमा भइरहेको फूटबल प्रतियोगितातर्फ आइतबार भएको क्वाटर फाइनल खेलमा मेधा मावि र वासु माविबिच भएको खेलमा मेधा माविले १ गोल गरी सेमिफाइनल पुग्न सफल भयो । मेधा माविका जर्सी नं. १२ का सनिस आचार्यले खेलको २५ आँै मिनेटमा गोल गरेका थिए । अक्सफोर्ड प्राक्टिकल स्कूल र वागीश्वरी माविबिच भएको दोस्रो क्वाटर फाइनल खेलमा वागीश्वरी मावि ० का विरूद्ध ३ गोलले विजय भयो । वागीश्वरी माविका जर्सी नं. १० का विराज विकले दुई गोल र जर्सी नं. १७ का हेमन राई एक गोल गरेका थिए ।
सनसाइन नेसनल स्कूल र साइनिङ एकेडेमीबिच भएको तेस्रो क्वाटरफाइनल खेल निर्धारित समयमा बराबर भएकोले खेल पेनाल्टी किकको आधारमा २–३ गोलले साइनिङ एकेडेमी विजय भए । श्रीपद्म मावि र आदर्श आजाद मावि बिचको चौथो क्वाटर फाइनल खेल निर्धारित समयमा १–१ गोल भई बराबर भएको थियो । यस खेलमा पेनाल्टी सूटमा श्री पद्म माविले आदर्श आजाद माविलाई ३–१ गोलले पराजित ग¥यो । ७ वडा खेलकुद समितिका अनिल सुकुपायोका अनुसार कार्तिक १२ गते बिहान ८ बजेदेखि सेमिफाइनलका खेलहरू हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *