युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू
- पुष २८, २०८१
मध्यपुर, ११ कार्तिक । भाषा, कला र संस्कृति बचाऔँ, राष्ट्रिय भावना जगाऔँ भन्ने उद्घोषका साथ २६ औँ विविधभाषा साहित्य सम्मेलन र सांस्कृतिक कार्यक्रम कार्तिक १७ गते बोडेको लाय्कुमा हुने भएको छ ।
नेपाल संवत् ११४५ को नयाँ वर्षको अवसरमा उक्त सम्मेलन बिहान ११ बजेदेखि सुरु हुने छ । विविधभाषा साहित्य सम्मेलनको उद्घाटन नीलबाराही गण नाचका वासुदेव अदुवाले गर्नुहुनेछ ।
सम्मेलनमा उत्कृष्ट साहित्य लेख्ने रचनाकारलाई नेमकिपा अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले पुरस्कृत गर्नुहुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
राजनीति, संस्कृति र साहित्यका विभिन्न ज्ञाताहरूको मन्तव्य र साहित्य वाचन हुने उक्त सम्मेलनको सभापतित्व अग्रज किसान कार्यकर्ता रुद्रकुमार साहुले गर्नुहुनेछ ।
सम्मेलनमा आयोजक समितिका अध्यक्ष दिलकृष्ण बाटा, प्रेम के. निडर, जुजुभाइ बासँ श्रेष्ठ, प्रकाश नोकुलगायतले बोल्ने कार्यक्रम रहेको छ । सम्मेलनमा सूर्यराम श्रेष्ठद्वारा लिखित स्वागत गीतमा पञ्चकृष्ण दली श्रेष्ठले लय हाल्नुभएको छ ।
आयोजक समितिले सम्मेलन सफल पार्न साहित्यकार, कलाकार, किसान, मजदुर, विद्यार्थी, युवा, महिला, शिक्षक, कर्मचारी, उद्योगी, व्यवसायी तथा सर्वसाधारण जनतामा उपस्थित हुन आग्रह गरेको छ ।
Leave a Reply