ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
भक्तपुर, ९ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस, भलिबल, फूटबल, कबड्डी, खोखो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय् र बाघचाल खेल प्रतियोगिताको उद्घाटन आइतबार सहिदस्मृति खेलमैदानमा सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले प्रतियोगिताको पूर्ण सफलताको शुभकामना दिँदै नयाँ पुस्तालाई अझ परिष्कृत ढङ्गले अगाडि बढाउन सिर्जनात्मक र रचनात्मक गतिविधिमा जोड दिनुपर्ने बताउनुभयो ।
खेलकुदको माध्यमबाट एउटा कुशल, अनुशासित, स्वस्थ शरीर, स्वस्थ मस्तिष्क भएको नागरिक उत्पादन गर्न मद्दत पु¥याउने बताउँदै उहाँले खेलकुदले मानव स्वास्थ्यका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले नयाँ युगको निम्ति योग्य नागरिक तयार गर्ने अभियानको रूपमा खेलकुदलाई लिइनुपर्ने बताउँदै शारीरिकरूपमा स्वस्थ व्यक्तिले समाजको निम्ति धेरै काम गर्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले खेलकुद महोत्सवको रूपमा नियमितरूपमा विभिन्न खेलकुद प्रतियोगितालाई निरन्तरता दिँदै आएको बताउनुभयो । उहाँले देशलाई आवश्यक राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी तयार गर्ने आधार निर्माण स्वरूप खेलकुदलाई जोड दिँदै आएको स्पष्ट पार्दै प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा समेत टेवा पु¥याउने बताउनुभयो ।
भाज्या पुखुको दक्षिणपट्टिको डिल खोल्ने विषयमा आएका भ्रमित समाचारहरूबारे प्रस्ट पार्दै उहाँले भक्तपुर नगरपालिकाले ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दै आएको जानकारी गराउनुभयो । सांस्कृतिक सम्पदा संरक्षण कार्यमा कुनै पक्षले बाधा पु¥याएमा सोको जवाफदेही सम्बन्धित पक्ष नै हुने उहाँले प्रस्ट पार्नुभयो ।
भक्तपुर क्याम्पस र भाज्या पुखु दुवै जनताका सम्पत्ति हुन् भन्दै उहाँले दुवैको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो । उहाँले पोखरीको डिलमै नगरपालिकाको ऐन–नियमविपरीत संरचना निर्माण गरेको हुँदा नगरपालिकाले कानुनबमोजिम भत्काएको प्रस्ट पार्नुभयो ।
नगर प्रमुख प्रजापतिले नगरपालिकाले पोखरीलाई थप आकर्षक र भक्तपुर क्याम्पसको सुरक्षाको लागि नपाले डिजाइन र लागत इस्टिमेट स्वीकृत गरी पर्खाल बनाउन लागेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको पत्रलाई बेवास्ता गरी बसेको कारण बाध्य भएर पोखरीको डिल निर्माण कार्य अगाडि बढाउन आवश्यक कार्य थालनी गरेको जानकारी गराउँदै उहाँले अनियमित निर्माण भत्काउन प्रयोग भएको डोजर र जनशक्तिको समेत नियमानुसार क्षतिपूर्ति क्याम्पस प्रमुखबाट असुलउपर गरिनेछ भन्नुभयो ।
प्रमुख प्रजापतिले पर्खाल बनाउन दिइएन भने भक्तपुरका युवा–विद्यार्थीहरूको लागि अर्को एउटा खेलमैदान थपिनेछ भन्दै सारा खेलाडीहरूले भक्तपुर क्याम्पसको चउर प्रयोग गर्न पाउनेछन् भन्नुभयो ।
नेमकिपा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नगरपालिकाको आयोजनामा भएको विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा करिब ३ हजार खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको बताउँदै प्रतियोगिताले नयाँ पुस्ताका खेलाडीहरूमा थप उत्साह बढाउने काम भएको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई अध्ययन सँगसँगै साहित्यिक, सांस्कृतिकजस्ता अन्य सिर्जनात्मक गतिविधिमा पनि क्रियाशील बनाउन जरुरी रहेको प्रस्ट पार्नुभयो । उहाँले नयाँ पुस्ताको निम्ति खेलकुद प्रतियोगिता अर्काे पर्व हो भन्नुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले विद्यार्थीको मानसिक र शारीरिक स्वास्थ्यसँगै सर्वाङ्गीण विकासमा खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेलाडीहरूले समाज र राष्ट्रको गौरवलाई अझ उँचो बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपाको युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाको आयोजनामा हुने १५ विधाका विभिन्न खेलकुद प्रतियोगितामा नगरका ८४ वटा विद्यालयका २ हजार ८४६ जना खेलाडीहरूले भाग लिएको जानकारी गराउनुभयो ।
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका सदस्य उपेन्द्र सुवालले धन्यवादज्ञापन गर्नुभएको उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ८ का वडा सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा खेलाडीको तर्फबाट जिम्नास्टिकका रेकिसा घेमोसु, रेफ्रिका तर्फबाट कराँतेका अन्तर्राष्ट्रिय रेफ्रि रविना सुवाल र फूटबलका प्रशिक्षक इन्द्रप्रसाद प्रजापतिले प्रतियोगिता सभ्य र भव्यरूपमा सम्पन्न गर्न शपथ लिनुभएको थियो ।
उद्घाटन कार्यक्रममा जिम्न्यास्टिक खेलाडीहरूले खेल प्रदर्शन गरेका थिए ।
नगरस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन ¥याली
भक्तपुर नगरपालिकाको आयोजना मा कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद (टेबुलटेनिस, भलिबल, फूटसल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय् र बाघचाल) खेल प्रतियोगिताको समुद्घाटन ¥याली शुक्रबार सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट सुरु भएको ¥याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दूधपाटी हुँदै नगर परिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो ।
¥याली सुरु हुनुअघि भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले प्रतियोगितामा भाग लिने विद्यालय तथा खेलाडीहरूलाई अनुशासितरूपमा खेलमा भाग लिने अपेक्षा व्यक्त गर्नुभयो ।
¥यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, स्वयम्सेवकहरू, स्काउट, उसु र जिम्न्यास्टिकका खेलाडी, बाजा समूह, विभिन्न विद्यालयहरू, प्रतियोगी खेलाडीहरू, नपाका खेलकुद प्रशिक्षार्थीहरू, खेलप्रेमी तथा वडा–वडाका खेलकुद समितिका पदाधिकारीहरू र भक्तपुर नगरपालिकाका कर्मचारीहरूलगायतको सहभागिता थियो ।
नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरू
भक्तपुर, ९ कार्तिक । भक्तपुर नगरपालिकाको आयोजनामा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुक्रबारबाट सुरू भएको छ ।
सहिद स्मृति खेल मैदानमा लिग कम नकआउटको आधारमा बिहीबार भएको भलिबल प्रतियोगितामा श्रीपद्म माविले शारदा माविलाई, वागीश्वरी माविले गणेश माविलाई र श्रीपद्म माविले सरस्वती माविलाई पराजित गरेको छ ।
त्यस्तै, बेखालस्थित कभर्ड हलमा सञ्चालन भइरहेको टेबुलटेनिस खेलअन्तर्गत छात्र १२ वर्षमुनि, छात्रा १२ वर्षमुनि, छात्र १६ वर्षमुनि र छात्रा १६ वर्षमुनिका खेलहरू सम्पन्न भयो ।
त्यस्तै बिहीबार महेश्वरी खेलमैदानमा भएको फूटबल खेलमा बासु माविले ग्लिटर फ्युचरलाई, मेधा माविले जेन्युइन स्कूललाई र वागीश्वरी माविले र सेकरिट हार्टलाई पराजित ग¥यो ।

Leave a Reply