लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न
- पुष २८, २०८१
भक्तपुर, कार्तिक १२ । भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक ९ गतेदेखि सुरू भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको चौथो दिन सोमबार व्याडमिन्टन सम्पन्न भयो भने बाघचाल, बुद्धिचाल, पोर्टबल, खो–खो प्रतियोगिता चालु रह्यो ।
प्रतियोगिताअन्तर्गत श्रीपद्म माविमा सञ्चालन भइरहेको छात्रा पोर्टबलमा तारा माविले र प्रभात माविलाई १०–४, अक्सफोर्ड प्राक्टिकल स्कूलले नवीन आविलाई १८–२, वागीश्वरी माविले विद्या आर्जनलाई १४–११ र बासु माविले पारागनलाई २०–८ अङ्कले पराजित गरे । नतिजाअनुसार तारा मावि, अक्सफोर्ड प्राक्टिकल स्कूल, वागीश्वरी मावि र बासु मावि सेमिफाइनलमा प्रवेश गर्न सफल भए ।
छात्रतर्फको पोर्टबल खेलमा न्यातापोल स्कूलले गणेश माविलाई ८–६, एभरेस्ट स्कूलले प्रभात माविलाई १४–९, ब्राइट स्टारले श्रीपद्म माविलाई ३०–२ र बासु माविले तारा माविलाई ९–८ अङ्कले पराजित गरे । नतिजाअनुसार न्यातापोल स्कूल, एभरेस्ट स्कूल, ब्राइट स्टार र बासु मावि सेमिफाइनलमा पुग्न सफल भए । वडा सदस्य श्यामसुन्दर मातांका अनुसार सेमिफाइनल र फाइनलका खेलहरू मङ्गलबार हुनेछन् ।
महेश्वरी खेल मैदानमा मेधा मावि र वागीश्वरी माविबिच भएको फूटबल सेमिफाइनल खेलमा वागीश्वरी माविका अभिशेक खत्रीले १ गोल गरी मेधा माविलाई पराजित ग¥यो भने साइनिङ इ. स्टुडेन्ट र श्री पद्म माविबिचको सेमिफाइनल खेलमा साइनिङ स्टुडेन्टका खेलाडी रूकेश तामाङले १ गोल गरी श्री पद्म माविलाई पराजित ग¥यो । मङ्गलबार बिहान ८ बजे वागीश्वरी मावि र साइनिङ स्टुडेन्टबिचको फाइनल खेल हुनेछ ।
लामगालमा भइरहेको छात्रतर्फको खो–खो खेलमा वागीश्वरी माविले विद्या आर्जनलाई ११–१०, बाल विकासले विद्यार्थी निकेतनलाई ११–८, बासु माविले तारा माविलाई १४–१३, र सरस्वती विद्यागृहले प्रभात माविलाई १६–१३ अङ्कले पराजित गरे । खोखोतर्फ वागीश्वरी मावि, सरस्वती विद्यागृह, बाल विकास र बासु मावि सेमिफाइनलमा प्रवेश गरेका छन् ।
छात्रातर्फको खो–खोमा ब्राइट स्टार स्कूलले बासु माविलाई ९–४, वागीश्वरी माविले प्रभात माविलाई २२—३, सरस्वती विद्यागृहले आदर्श आजादलाई ७–२ र वाइजल्यान्डले तारा माविलाई १०–५ अङ्कले पराजित गरे । ब्राइट स्टार, वागीश्वरी मावि, सरस्वती विद्यागृह र वाइजल्यान्ड सेमिफाइनलमा प्रवेश गर्न सफल भए । खोखोको सेमिफाइनल खेल बिहान ११ बजेबाट सुरू हुनेछ ।
भनपा ६, देकोचा कभर्डहलमा भएको बाघचाल प्रतियोगितामा छात्रा जुनियर र छात्रा सिनियरतर्फको खेल सम्पन्न भयो । स्वीस लिग प्रणालीअनुसार ५ चरणमा खेलाइएको जुनियर बाघचालमा गणेश माविका सीमाकुमारी पण्डित पहिलो, नवीन आविका आकृति तुल्सिबाख्यो दोस्रो र ख्वप्रिङ एकेडेमीका निमा प्रजापति तृतीय भए । सिनियर छात्रातर्फ ख्वप्रिङ एकेडेमीका रितिना प्रजापति पहिलो, हिमालयन स्कूलका कन्चन त्वायना दोस्रो र ख्वप्रिङ एकेडेमीका रोजशा प्रजापति तेस्रो भए ।
भनपा ६ मा सुरू भएको कसिमला पाँय् प्रतियोगितामा चौथो चरणको जुनियर केटा समूहमा ११, केटी समूहमा १२ जना तथा तेश्रो चरणको सिनियर केटी समूहमा ९ र केटा समूहमा १७ खेलाडीको क्वाटर फाइनल खेलसँगै फाइनलसम्मका सम्पूर्ण खेलहरू मङ्गलबार बिहान १० बजेदेखि प्रतिस्पर्धा हुने भएको छ ।
भनपा ८ को लिबाली कभर्ड हलमा शनिबारदेखि सुरू भएको ब्याडमिन्टन प्रतियोगिता सोमबार सम्पन्न भयो । प्रतियोगितातर्फ कक्षा ४/५ छात्र समूहमा वागीश्वरी माविका अंकित रोकाया पहिलो, आरभ खड्का दोस्रो र नवीन आविका सविर तुल्सीबाख्यो र लिशाका समर ठिमी संयुक्त रूपमा तृतीय भए । कक्षा ४/५ छात्र समूहमा नवीन आविका अलिशा भुजेल पहिलो, वागिश्वरी माविका सुस्मिता शाही दोस्रो तथा नवीन आविका कृश्मा शाही र वागीश्वरी माविका सुयोग्य गैडा संयुक्त रूपमा तेस्रो भए । कक्षा ६ देखि ८ को छात्र समूहमा सामुदायिक स्कूलका सिरिश राजचल पहिलो, प्रभातका मिलन सुनार दोस्रो, तथा बासु माविका कृतिश ख्वालापाला र लिशाका राजकुमार थापा संयुक्त रूपमा तेस्रो भए । कक्षा ६/८ सम्मको छात्रा समूहमा सामुदायिक स्कूलका जिया सुवाल पहिलो, सेकरिट हार्टका मन्दिला कोजु दोस्रो तथा लिशाका सरिना त्वायनाबासु र भीम आदर्शका मनिषा विश्वकर्मा संयुक्तरूपमा तेस्रो भए । कक्षा ९/१० छात्र समूहमा विद्या आर्जनका सरिन ख्याजु पहिलो, लिशाका सुदिप ठिमी दोस्रो तथा हिमालयन ग्लोरीका शिवान गोरा र वागीश्वरी माविका निश्चल त्वायनाबासु संयुक्त रूपमा तेस्रो भए । कक्षा ९/१० छात्रा समूहमा वागीश्वरी माविका सायरा गोसाई पहिलो, गोल्डेन गेटका रिजू बाला दोस्रो तथा प्रभातका मनिषा श्रेष्ठ र बासु माविका प्राश्ना बुढाथोकी संयुक्त रूपमा तेस्रो भइन् । कक्षा ११/१२ छात्र समूहमा वागीश्वरीका सिविक ज्याख्व पहिलो, ख्वप माविका कशिर नखेत्रु दोस्रो तथा वागीश्वरीका सुरज परियार र निश्चल सिंगर संयुक्त रूपमा तेस्रो भए । कक्षा ११÷१२ छात्रा समूहमा ख्वप माविका रूषा जति पहिलो, शारदा माविका स्मीत राई दोस्रो र वागीश्वरी माविका श्रृष्टि गाईजु र रेविका थापामगर संयुक्तरूपमा तेस्रो भइन्
टीमतर्फ वागीश्वरी मावि ३ स्वर्ण र २ कास्यसहित पहिलो, सामुदायिक स्कूल २ स्वर्णसहित दोस्रो तथा नवीन आवि १ स्वर्ण र २ रजतसहित तेस्रो भए । निर्णायक किशोर गोसाईका अनुसार नवीन आविका समिर तुल्सिबाख्यो छात्रतर्फ र लिशा इ. स्कूलका सृष्टि श्रेष्ठ छात्रातर्फ उदयमान खेलाडी घोषित भए ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष एवं युवा खेलकुद समितिका अध्यक्ष श्यामकृष्ण खत्रीले विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रम कार्तिक १४ गते नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा बिहान ११ बजे सहिद स्मृति खेल मैदानमा हुने जानकारी दिनुभयो ।
Leave a Reply