भर्खरै :

प्रभातमा तिहार विशेष कार्यक्रम

प्रभातमा तिहार विशेष कार्यक्रम

भक्तपुर, १५ कार्तिक । प्रभात इङ्गलिस सेकन्डरी स्कूलमा बुधबार तिहार विशेष कार्यक्रम आयोजना गरियो ।
उक्त कार्यक्रममा सांसद पे्रम सुवालले चाडपर्वलाई सभ्य र सुसंस्कृत तरिकाले मनाउनुपर्ने आवश्यकता औँल्याउँदै तिहारको बिदालाई अध्ययन र रचनात्मक कार्यमा सदुपयोग गर्न सुझाव दिनुभयो ।
समाजको वास्तविकता बुझ्न समुदायमा मिलेर सामाजिक क्रियाकलापमा लाग्नुपर्नेमा जोड दिँदै उहाँले नेपाल संवत्को महत्वबारे प्रकाश पार्नुभयो ।
मानिसहरू जहिल्यै मानसिक र शारीरिकरूपले स्वस्थ हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले मानव समाजको विकासबारे चर्चा गर्नुभयो ।
प्रभात इङ्गलिस स्कूलका प्राचार्य वदनकेसरी प्रजापतिले स्वागत मन्तव्य दिनुभयो । शिक्षिका लिना लासिवाले तिहारको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा कक्षा ६ देखि १० सम्म साहित्यिक कार्यक्रम, पुस्तक समीक्षा, सांस्कृतिक कार्यक्रम, मण्डला बनाउने प्रतिस्पर्धा र दियो बाल्ने पालचा बनाउने प्रतिस्पर्धा गरियो ।
कक्षा पीजीदेखि ३ सम्मका विद्यार्थीलाई सामूहिक म्हा पूजा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *