भर्खरै :

नाम नबताउने सर्तमा एक पत्रकारको अन्तर्वार्ता

नाम नबताउने सर्तमा एक पत्रकारको अन्तर्वार्ता

प्रश्न – तपाईँको कुन पेसा हो ?
उत्तर – म एक किसान, शिक्षक र पत्रकार ।
प्रश्न – एकै व्यक्तिको धेरै पेसाले कसरी विशेषता र कौशलको विकास होला ?
उत्तर – एउटै पेसाले परिवार पालन गा¥हो हुन्छ । त्यसकारण, विविध पेसा मानिसहरूले अपनाउने गर्छन् ।
प्रश्न – तपाईँ आफूलाई मूलतः के पेसाको सम्झनुहुन्छ ?
उत्तर – पारिवारिकरूपले पनि म किसान हुँ, हाम्रो आफ्नै खेतबारी छ, खान पुग्छ अनि शिक्षक र पत्रकार ।
प्रश्न – परिवार र बालबच्चाबारे केही बताइदिनुहुन्छ कि ?
उत्तर – मेरा छोराछोरी सबै हुर्किसकेका छन् । स्नातक र आ–आफ्ना क्षेत्रमा सक्रिय छन्, तर बाहिरी जिल्लाहरूमा ।
प्रश्न – के छोराछोरीहरूले बाबुआमालाई केही सहयोग पु¥याउँछन् ?
उत्तर – त्यसो त छैन, सबै भिन्न बसेका छन् ।
प्रश्न – के त्यसो भए छोरा–छोरीको कुनै सहयोग छैन ?
उत्तर – तिनीहरूमा सायद त्यस्तो सोच पलाएन होला, आफ्नै बाल–बच्चा छन् ।
प्रश्न – शिक्षक र पत्रकारले आफ्नो नयाँ पुस्तालाई त्यस्ता केही शिक्षा दिनुभएको छैन ?
उत्तर – … (खालि हाँस्नुहुन्छ पत्रकार)
प्रश्न – तपाईँको पत्रिका स्थानीय स्तरको हो वा प्रदेश स्तरको हो ?
उत्तर – मैले काम गर्ने पत्रिका राष्ट्रिय स्तरको हो र १५–२० वर्षदेखि म त्यसमा काम गर्दै छु – एक स्वयंसेवकको रूपमा !
प्रश्न – त्यो के कुनै विचार र उद्देश्यबाट प्रभावित मिसन पत्रिका हो वा व्यावसायिक ?
उत्तर – एउटा उद्देश्यप्रेरित विचारप्रधान पत्रिका हो ।
प्रश्न – कुनै राजनीतिक पार्टीसँग सम्बन्धित छ ?
उत्तर – छ, त्यो त हुने नै भयो । मैले काम गर्ने पत्रिकाका व्यवस्थापकहरू एक वाम पार्टीबाट प्रभावित छन् ।
प्रश्न – के तपाईँको सम्पादक र व्यवस्थापकसँग बैठक हुँदैन ?
उत्तर – हुन्छ, कहिलेकाहीँ, तर नियमित साप्ताहिक वा मासिक बैठक हुँदैन ।
प्रश्न – त्यसो भए तपाईँ पत्रकारहरू के आधारमा लेख र समाचारहरू सम्पादन गर्नुहुन्छ ?
उत्तर – आफूले जे ठम्याएको हुन्छ त्यहीँ लेख्ने गर्छु, कहिलेकाहीँ टीकाटिप्पणी हुन्छ । तर, आफ्नो ध्यान अन्त पनि दिनुपर्ने हुँदा परिमार्जन हुने गर्दैन, गल्ती कमजोरीहरू हुने गर्छन् ।
प्रश्न – ए त्यसो भए दलको विचारसँग मिल्नुपर्छ भन्ने छैन वा दृष्टिकोणको विविधता हुन्छ ?
उत्तर – त्यसै भन्नुपर्यो ।
प्रश्न – तपाईँको पत्रिकाले व्यापारिक उद्देश्य राखेको भए अलि हलुका हुन्थ्यो होला भन्ने लागेर त्यसो भएको हो कि ?
उत्तर – त्यसो भए सजिलो हुन्थ्यो र अलि पैसा पनि बढ्थ्यो !
प्रश्न – त्यसो भए पुँजीवादी पत्रकारिताको पक्षमा तपाईँ हुनुहुन्छ ?
उत्तर – मेरो भनाइ त्यो होइन, लेखाइमा स्वच्छन्दता प्राप्त हुन्छ ।
प्रश्न – तपाईँ लामो समयसम्मको पत्रकारिताको अनुभव भएको कारण पत्रकारिताकै विषयमा के आफ्नो कुनै एक अनुसन्धानमूलक लेख, प्रबन्ध, निबन्ध वा शोधपत्र वा लेख–माला प्रकाशित छ ?
उत्तर – छैन । उतातिर मेरो ध्यान नै गएन र समय पनि भएन ।
प्रश्न – तपाईँ आफू कुन दर्जाको शिक्षक भन्न रुचाउनुहुन्छ ?
उत्तर – मध्यम दर्जाको !
धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *