कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
कञ्चनपुर, १८ कार्तिक (रासस) । तिहार आए पनि शुक्लाफाँटा नगरपालिका– ११ वनहराको भूमिहीन शिविरमा कुनै रौनक छैन । मजदुरी गरेर जीविका चलाउने शिविरका बासिन्दालाई साँझ बिहानको छाक टार्नै समस्या छ ।
“त्रिपालको झुपडीमा दुई दशकदेखि जसरी दिन बित्दै आएका छन्, त्यसरी नै तिहारमा पनि दुई छाक खानका लागि सङ्घर्ष गर्नुपरेको छ”, शिविरका दलबहादुर बोहराले भन्नुभयो ।
टीका लगाउन आएका दिदीबहिनीलाई मीठो मसिनो खानेकुरा दिने नभएकाले दक्षिणा दिन साहुसँग काम गरिदिने वाचा गरी पेश्की पैसा लिएको उहाँले बताउनुभयो ।
सात वर्ष पहिले दातृ निकायले दिएका त्रिपाल ठाउँठाउँमा च्यातिँदा वर्षात्को पानी त चुहिन्छ नै । हिउँदमा शीतका थोपा झुपडीभित्रै खस्छ । “मजदुरी नगरे चुल्होमा आगो बल्दैन”, अमृता साउदले भन्नुभयो ।
६ महिनाअघि कमाउन भारततर्फ गएका शिविरका केशव ताम्राकार घर फर्किनुभएको छ । “चार महिना काम पाइयो”, उहाँले भन्नुभयो, “बाँकीका दुई महिना काम खोज्नमै बित्यो, चार महिना कमाएको पैसा जहानसँगै हुँदा खान र लुगाफाटोमै सिद्धियो । अहिले रित्तो फर्किएका छौँ ।”
तिहारका बेला शिविर नजिकैका बस्तीहरू बत्तीले झकिझकाउ छन् । “दिउँसो त उज्यालो हुन्छ”, शिविरका दीपेन्द्र सोवले भन्नुभयो, “रातमा उज्यालो बाल्ने नहुँदा अध्याँरोमै रात काटनुपर्छ ।”
सौर्य ऊर्जा खरिद गर्ने चाहना भए पनि आर्थिक अभावले सम्भव छैन । दाताले उपलब्ध गराइदिए सहज हुने आशामा उनीहरू छन् । शिविरमा दातृ निकायले गाडेका नल्का छन् । नल्काबाट आर्सेनिक र आइरन आउने भएकाले शिविरका धेरैजना पत्थरी र छालासम्बन्धी रोगबाट पीडित छन् । शुद्ध पिउने पानी व्यवस्था नहँुदा उनीहरू समस्यामा छन् ।
“यसअघिका जनप्रतिनिधिले शिविरमै आएर हालखबर बुझ्थे, सहयोग गर्थे”, प्रेमबहादुर साउदले भन्नुभयो, “अहिले कोही जनप्रतिनिधि शिविरमा आउनुभएको छैन, कुनै सहायता पाएका छैनौँ ।” सुरक्षित स्थानमा शिविर सार्नुपर्ने उहाँहरूको माग छ ।
पहिरोले घरखेत लगेपछि सुरक्षित बासस्थानको खोजीमा केही त्यस क्षेत्रमा पुगेका हुन् भने केही पुस्तौँदेखि अर्काको घरमा काम गर्नेहरूलाई विसं २०६२ मा शिविरमा सारिएको हो । शिविरमा पहिले १२ परिवारको बसोबास रहेकामा हाल वृद्धि भई २८ परिवार पुगेका छन् ।
Leave a Reply