लेनिनका सम्झनाहरू
- बैशाख ११, २०८२
भक्तपुर, २४ कार्तिक । ताथलीमा सम्पन्न भिन्तुना ¥यालीलाई भव्य र सभ्य बनाउन सहयोग गर्नेहरूलाई प्रगति युवा समाज, ताथलीले धन्यवाद ज्ञापन गरेको छ ।
समाजको आयोजनामा नेपाल संवत् ११४५ को अवसरमा कार्तिक १७ गते चाँगुनारायण नगरपालिका वडा नं ९ मा भिन्तुना ¥याली भएको थियो । सोही ¥यालीको सिंहावलोकनसहित शुक्रबार समाजले गरेको धन्यवाद ज्ञापनमा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातले समाजले गर्दै आइरहेको भिन्तुना ¥याली क्रमश सुधारोन्मुख हुँदै गइरहेको बताउनुभयो ।
वडा अध्यक्ष त्यातले वडाको क्रियाकलापबारे जानकारी दिँदै समाजले ताथलीमा प्रगतिशील साहित्य र संस्कृतिको प्रवद्र्धनमा पनि भूमिका निर्वाह गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेमकिपा ताथलीका संयोजक एनबी न्हेम्हाफुकीले सामाजिक, सांस्कृतिक र अन्य क्रियाकलाप राजनीतिबाट विमुख नहुने उल्लेख गर्दै समाजलाई वैचारिक तवरले समृद्ध बनाउन युवाहरूले योगदान दिनुपर्नेमा जोड दिनुभयो ।
भिन्तुना ¥यालीका लागि आर्थिक, भौतिक, नैतिक सहयोग गर्ने विभिन्न सङ्घ, संस्था, सहकारी, खलः, समूहलाई कदरपत्र, टिसर्ट प्रदान गरिएको सो कार्यक्रममा देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थुयाजु, सयपत्री साकोसका अध्यक्ष हरिगोपाल बासुकलाले विभिन्न कमीकमजोरी सुधार गर्दै जान अनुरोध गर्नुभयो । समाजसेवी कृष्णराम बासुकलाले समाजको आयोजनामा हुने गतिविधिहरूमा महिला, पुरूष, बालबालिका सबैलाई समेटेर लग्न सुझाव दिनुभयो ।
कार्यक्रममा बाजा समूहको तर्फबाट ताथली धिमे खलः का अध्यक्ष विजयराम वनमालाले प्रगति युवा समाजले भिन्तुना ¥याली आयोजना गरेर ताथलीमा सांस्कृतिक जागरण ल्याउन टेवा पु¥याएको उल्लेख गर्दै ताथलीको सांस्कृतिक पहिचानका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।
प्रगति युवा समाजका अध्यक्ष हरिसुन्दर छुकांले भिन्तुना ¥यालीका साथ विभिन्न क्रियाकलापमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै समाजका विभिन्न वर्ग, क्षेत्रका व्यक्तिहरूको सल्लाह, सुझावले समाजले आफ्नो गतिविधि अघि बढाइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष विनोद बासुकला, न्हुदँ ¥याली ११४५ का संयोजक जयकृष्ण न्हेम्हाफुकी र समाजका सचिव रवीन्द्र न्हेम्हाफुकीले समाज स्थापनाको पृष्ठभूमि र गतिविधिबारे जानकारी दिनुभयो ।
समाजको आयोजनामा नेपाल संवत् ११४५ को अवसरमा कार्तिक १७ गते सम्पन्न भिन्तुना ¥यालीले ताथलीको गचा (सौडोल चोक), जयराम मार्ग, गोठालेचौर, ताथली पुल, वनमाला टोल, राउत टोल, वडा कार्यालय, बाला टोल, तैकाबु, फैढोकालगायतका स्थानको परिक्रमा गरेको थियो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवां, वडा अध्यक्ष गणेश त्यातले संयुक्तरूपमा उद्घाटन गरेको सो ¥यालीमा प्रगति समूह, देवी सांस्कृतिक बाजा खलः माझी भैरव सांस्कृतिक बाजा खलः (धिमे खलः), खगाँ दाफा भजन खलः, वनदेवी बाजा खलः, आजु धिमे खलः, ताथली धिमे खलः, तैकाबु गणेश सांस्कृतिक समूह, कार्यविनायक धिमे खलः, सयपत्री साकोस, एकाडोल टोल विकास संस्था, नवजागरण दम्पती बचत कोषका साथै विभिन्न विद्यालय, सहकारी तथा संस्कृतिप्रेमीहरूको सहभागिता थियो ।
Leave a Reply