भर्खरै :

युद्ध विरामपछि बेरुतका विस्थापित बासिन्दा घर फर्के

युद्ध विरामपछि बेरुतका विस्थापित बासिन्दा घर फर्के

बेरुत (लेबनान), १२ मङ्सिर (एएफपी) । युद्धविराम लागू भएपछि द्वन्द्वका कारण क्षति भएको बेरुतको दक्षिणी उपनगरबाट विस्थापित बासिन्दाहरू बुधबार घर फर्केका छन् । लामो समयपछि भएको युद्ध विराम कार्यान्वयनका लागि धेरैले हिजबुल्लाहको प्रशंसा गर्दै विजय उत्सवसमेत मनाएका छन् ।
पछिल्लो समयमा इजरायलले दिनहुँजसो आक्रमण गर्दा धेरै हदसम्म खाली भएको उक्त आवासीय क्षेत्रमा विस्थापितहरू एकैचोटि फर्किँदा भीडभाड भई ट्राफिक जामसमेत भएको एएफपीले जनाइएको छ ।
विस्थापितहरू आफ्नो क्षतिग्रस्त घर र व्यवसाय देखेर आँसु बगाउँदै उत्खननकर्ताहरूको सहयोगमा भग्नावशेष हटाउनका लागि पर्खिरहेका थिए ।
स्थानीय इन्जिनियर निजाम हमादेले आफ्नो घरतर्फ फर्किँदै हमलामा मृत्यु भएका हिजबुल्लाह नेता सैयद हसन नस्रल्लाहको उपनगरमा फर्किँदा उनीहरूलाई धन्यवाद दिँदै फर्किएको एएफपीले जनाएको छ ।
दक्षिण बेरुत उपनगरले मङ्गलबार द्वन्द्वको सबैभन्दा तीव्र रूपको सामना गरेको थियो ।
“युद्धविराम लागु भएपछि आफूहरू घर फर्किएको उक्त उपनगर निवासी फातिमाले बताउनुभएको छ ।
बुधबारदेखि युद्धविराम लागु भएपछि इरान समर्थित समूहले दक्षिण बेरुत र पूर्वी लेबनानको गढहरूमा भ्रमणको आयोजना गरिरहेको थियो ।
गाजा युद्धलाई लिएर हिजबुल्लाहले सुरु गरेको सीमापार हमलाको लगभग एक वर्षपछि, इजरायलले लेबनानमा हिजबुल्लाहको गढहरू लक्षित आक्रमण बढाई दक्षिणी सीमा पार सेना तैनाथ गरेको थियो ।
केही बासिन्दाहरू तुरुन्तै युद्ध जुलुसलगायतमा आफ्ना प्रिय नेताको हत्या भएको स्थानतर्फ लागेको एएपीले जनाएको छ ।
यसै क्रममा हिजबुल्लाहका समर्थकहरूले नस्रल्लाह र हाशेम सफीद्दिनको तस्विरहरू हस्तान्तरणसमेत गरिरहेको एएपीले जनाएको छ ।

युद्धविरामपछि सेनाले दक्षिणी क्षेत्र सुदृढ गर्नेछ– लेबनानका प्रधानमन्त्री
लेबनानका प्रधानमन्त्री नजिब मिकाटीले बुधबार लागू भएको युद्धविरामको सम्मान गर्दै र इजरायललाई पछि हट्न आग्रह गर्दै देशको दक्षिणी क्षेत्रमा सेनालाई सुदृढ गराउने बताउनुभएको छ ।
इजरायल र लेबनानको हिजबुल्लाहबिचको १३ महिनाको द्वन्द्व रोक्ने सम्झौता मुख्य रूपमा संयुक्त राष्ट्रसङ्घको १७०१ नं. प्रस्तावको कार्यान्वयनमा आधारित छ । यसले तिनीहरूको पछिल्लो युद्धलाई सन् २००६ मा अन्त्य गरेको थियो ।
सम्झौताले लेबनानी सेना र संयुक्त राष्ट्रसङ्घका शान्ति सेनाहरू मात्र दक्षिणी क्षेत्रमा हुनुपर्ने र हिजबुल्लाहको नियन्त्रण रहेको यस क्षेत्रबाट इजरायली सेनाले पछि हट्नुपर्ने व्यवस्था गरेको छ ।
मिकातीले युद्धविरामपछिको पहिलो बैठकमा ‘दक्षिणी लितानी क्षेत्रमा सेना र सुरक्षा बलको परिनियोजन सुदृढ गर्ने’ निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिनुभयो ।
“इजरायली शत्रुले युद्धविराम सम्झौताको पालना गरोस् र लेबनानी भूमिबाट पछि हट्नुपर्छ भन्ने म माग गर्दछु”, उहाँले भन्नुभयो, “मलाई आशा छ कि यो लेबनानका लागि नयाँ पृष्ठ हुनेछ, मलाई आशा छ कि आगामी दिनहरूले राष्ट्रपति चुनावको नेतृत्व गर्नेछ ।”
हिजबुल्लाह र यसका राजनीतिक विरोधीहरूबिचको विवादले लेबनानलाई दुई वर्षभन्दा बढी समयदेखि राष्ट्रपतिविहीन बनाइराखेको छ ।
यसअघि लेबनानका शक्तिशाली संसद् अध्यक्ष नबिह बेरीले युद्धविरामको समयमा विस्थापित व्यक्तिहरूलाई घर फर्कन आह्वान गर्दै देशलाई एकता दिन सक्ने राष्ट्रपतिको छिटो निर्वाचनको लागि पनि आह्वान गर्नुभयो ।
“म तपाईँहरूलाई आफ्नो घर फर्कन आमन्त्रित गर्दछु… आफ्नो भूमिमा फर्कनुहोस्”, लेबनान र इजरायली सेनाहरूको विपरीत चेतावनीको बाबजुद बेरीले भन्नुभयो ।
बेरी अमाल आन्दोलनका प्रमुख हुनुहुन्छ र उहाँले आफ्नो सहयोगी हिजबुल्लाहका तर्फबाट युद्धविराम वार्तामा नेतृत्व गर्नुभएको छ ।
गाजा युद्धलाई लिएर हिजबुल्लाहले सुरु गरेको सीमापार सीमित गोलीबारीको लगभग एक वर्षपछि, इजरायलले सेप्टेम्बर २३ मा लेबनानमा आफ्नो हवाई बमबारी बढाएको थियो र मुख्यतया हिजबुल्लाहको गढहरूमा आक्रमण गरेको थियो ।
त्यसपछि उसले दक्षिणी लेबनानमा सीमापार गरेर स्थल सेना पठाएको थियो ।
लेबनान युद्धविराम घोषणाको राष्ट्रसङ्घद्वारा स्वागत
लेबनान र इजरायली इकाइले लेबनानमा युद्धविराम सम्झौतामा पुगेको अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणालाई संयुक्त राष्ट्र सङ्घले स्वागत गरेको छ ।
लेबनानका लागि राष्ट्रसङ्घीय विशेष संयोजक (युएनएससीओएल) जेनिन हेनिस–प्लास्चर्टले मङ्लगलबार विज्ञप्ति जारी गर्दै “यो सम्झौताले दुवै पक्षका नागरिकहरूको सुरक्षा पुनःस्थापना गर्ने प्रस्ताव –१७०१ ९२००६० को पूर्ण कार्यान्वयनमा गरिएको महङ्खवपूर्ण प्रक्रियाको सुरुवातलाई सङ्केत गर्ने बताउनुभएको छ । उहाँले “सम्झौता कार्यन्वयन सुनिश्चित गर्न पर्याप्त काम अगाडि बढेको बताउदै दुवै पक्षको पूर्ण र अटुट प्रतिबद्धता रहेको उल्लेख गर्नुभएको छ ।
प्रस्ताव–१७०१ बाट चयन गरिएका प्रावधानहरू मात्र कार्यान्वयन गर्ने र अरूलाई मौखिक सेवा प्रदान गर्ने यथास्थिति पर्याप्त नहुनेसमेत उहाँले बताउनुभएको छ ।
यसको माध्यमबाट विनाशकारी अध्यायको अन्त्य गर्ने अवसर प्राप्त भएकोमा विशेष संयोजकले दलहरूको प्रशंसा गर्नुभएको छ । हाल प्राप्त उपलब्धिलाई सुदृढ पार्न ठोस कार्यहरूमार्फत काम गर्ने समय भएको उहाँले प्रस्ट पार्नुभएको थियो ।
युद्धविरामको घोषणा भएपछि अमेरिका र फ्रान्सले संयुक्त विज्ञप्तिमा लेबनानी सेनाको क्षमता निर्माण गर्न अन्तर्राष्ट्रिय प्रयासको नेतृत्व गर्ने र लेबनानी अर्थतन्त्रलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्झौताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *