भर्खरै :

कोरियाली युद्धमा मृत्यु भएका ४३ जना चिनियाँको अवशेष फिर्ता

कोरियाली युद्धमा मृत्यु भएका ४३ जना चिनियाँको अवशेष फिर्ता

सेन्याङ, २८ नोभेम्बर (सिन्ह्वा) । युद्धको क्रममा मृत्यु भएका ४३ जना चिनियाँ जनस्वयम्सेवक (सिपीभी) सैनिकको अवशेष कोरियाबाट बिहीबार चीन फिर्ता गरिएको छ ।
चिनियाँ जनमुक्ति सेनाको हवाई बल वाई–२० विमानले मृतक सैनिकहरूको अवशेष लिएर चीनको लियाओनिङ प्रान्तको राजधानी शेनयाङमा अवतरण गरेको छ । अवशेषहरू शेनयाङको सहिदको चिहानमा राखिने जनाइएको छ ।
दक्षिण कोरियाले बिहीबार चिनियाँ पक्षका सहिदको अवशेष हस्तान्तरण गरेपछि, चीनले इन्चियन अन्तर्राष्ट्रिय विमानस्थलमा स्मारक समारोह आयोजना गरेको छ । समारोहमा, चिनियाँ राष्ट्रिय गान बजाइएको थियो भने प्रत्येक शवलाई राष्ट्रिय झन्डा ओढाइएको थियो । सहभागीहरूले सहिदहरूको पार्थिव शरीरमा पुष्पगुच्छा चढाएर सम्मान तथा श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सन् २०१४ देखि सन् २०२३ सम्म, चीन र कोरियाले अन्तर्राष्ट्रिय कानुन र मानवीय सिद्धान्त अनुसार कोरियामा ९३८ सिपिभी सहिदहरूको अवशेष र सम्बन्धित कलाकृतिहरूलाई १० औँ पटक हस्तान्तरण गरेका थिए ।
चीनको स्थापना भएको आठ महिनापछि सन् १९५० मा कोरियाली युद्ध भएको थियो । कोरियाको लोकतान्त्रिक जनवादी गणतन्त्रको अनुरोधमा सिपिभीअन्तर्गत चिनियाँ सेनाहरू युद्धमा होमिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *