भर्खरै :

कीर्तिपुरमा ६८ प्रतिशत मतदान

कीर्तिपुरमा ६८ प्रतिशत मतदान

कीर्तिपुर, १६ मङ्सिर । कीर्तिपुर नगरपालिकामा रिक्त भएको मेयर पद, वडा नं. १, र ४ वडाध्यक्षको उपनिर्वाचनमा ६८ प्रतिशत मत खसेको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ ।
कीर्तिपुर नगरमा ३१,११२ मतदाता रहेकोमा २१,१५६ मत खसेको जनाएको छ । वडा नं. १ मा ६६.१२ प्रतिशत अर्थात् १,७२९, वडा नं. ४ मा ७१.५८ प्रतिशत अर्थात् ३,१८३ मत खसेको थियो ।
कीर्तिपुर नगरपालिकामा भएको उपनिर्वाचन शान्तिपूर्वक ढङ्गले सम्पन्न भएको निर्वाचन सुपरीवेक्षण टोलीले जनाएको छ ।
कीर्तिपुरको उपनिर्वाचनमा मेयर पदमा नेमकिपासहित ९ वटा राजनीतिक दल र ११ जना स्वतन्त्र गरी २० जना उम्मेदवार मैदानमा छन् भने वडा नं. १ मा नेमकिपासहित ६ दल र ३ स्वतन्त्र र वडा नं. ४ मा नेमकिपासहित ८ दल र ४ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *