जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
भक्तपुर, १६ पुस । नेपाल मजदुर किसान पार्टी भनपा वडा ४ समितिको आयोजनामा मङ्गलबार गःहिटीमा दिवङ्गत पूर्व वडाध्यक्ष कुमार चवालको श्रद्धाञ्जली सभा भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले मानिसको राम्रो कामको लागि श्रद्धा व्यक्त गर्ने उल्लेख गर्दै देश र जनताको सेवा गर्ने पार्टी कार्यकर्ता र जनप्रतिनिधिलाई जनताले सम्झने गर्छन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “धन सम्पत्ति हुँदैमा कोही मानिस ठुलो हुने होइन, देश र जनताको इमानदारीपूर्वक सेवामा लाग्नेहरूलाई जनताले सम्झने छन् ।”
कुमार चवालको उपचार गरिएका अस्पतालका डाक्टरका अनुसार उहाँलाई मेनेन्जाइटिस रोग लागेको उल्लेख गर्दै उहाँले नेपालमा सरकारी अस्पतालमा राम्रो उपचार नहुने र निजी अस्पतालमा उपचार गराउन सर्वसाधारण जनतालाई कठिन हुने अवस्था छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा घरखेत बेचेर स्वास्थ्य उपचार गरेका नेपालीहरू वर्षको लाखौँ भएको सार्वजनिक भयो । नेपाल मजदुर किसान पार्टीले सडक र संसद्मा निःशुल्क स्वास्थ्य उपचारको बन्दोबस्त हुनुपर्नेमा आवाज उठाउँदै आएको छ ।”
“विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनु आवश्यक छ, नयाँ पुस्तालाई सुसंस्कृत बनाउन शिक्षकहरूको महत्वपूर्ण भूमिका हुन्छ ।”, उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरू निर्वाचित भएको भक्तपुर नगरपालिकाले २५ वर्षयता ख्वप विश्वविद्यालयहरू सञ्चालन गरेर ७७ जिल्लाका विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययन गराउँदै आएको स्पष्ट पार्दै उहाँले भक्तपुर नगरपालिका ख्वप विश्वविद्यालय सञ्चालन गरी रु. १०–१५ लाखमा चिकित्सा शिक्षा अध्ययन गराउने तयारीमा छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “ख्वप विश्वविद्यालयको विधेयक पारित गर्न र गराउने सिलसिलामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई आजै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजहरूको स्थलगत अध्ययनमा आउनुभयो । हामी ख्वप विश्वविद्यालय विधेयक पारित हुने अपेक्षामा र्छाैँ ।”
आयोजक समितिका अध्यक्ष पशुपति प्रजापतिको सभापतित्वमा भएको उक्त सभामा वडाध्यक्ष उपेन्द्र सुवाल, न्हुछेराम भेले, गंगाराम ज्याख्व, कृष्णलक्ष्मी दुवाल, विकास चवाल र विजय लोहलाले दिवङ्गत चवालको योगदानबारे चर्चा गर्नुभयो ।
Leave a Reply