यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १९ पुस । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा विश्व सर्वहारावर्गका महान गुरूहरू जोसेफ स्तालिन र माओ त्सेतुङको जन्म दिवसको अवसरमा नेमकिपाको ८ औँ महाधिवेशन प्रचारार्थ जिल्लास्तरीय युवा भेला शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपा ७ वडाका वडाध्यक्ष उकेश कवांले रुसी समाजवाद सामाजिक साम्राज्यवादमा पतन हुन पुग्नुको एक मुख्य कारण पार्टीभित्र घुस्ने मान्छेको पहिचान गर्न नसक्नु हो भन्दै स्तालिन र माओको जीवनीबाट साम्राज्यवादविरूद्ध कसरी लड्ने भने पाठ सिक्न सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “लेनिनको बोल्शेविक पार्टीले सहरकेन्द्रित आन्दोलन गरेको तर माओको नेतृत्वमा चीनमा गाउँकेन्द्रित सङ्घर्ष गरेर चिनियाँ माटो सुहाउँदो क्रान्ति गर्न सकिने शिक्षा विश्वलाई दियो ।”
राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिलाई बुझेर लाग्न सके कम्युनिस्ट आन्दोलन अगाडि बढाउन सकिने शिक्षा विश्वको क्रान्तिबाट लिन सकिने धारणा राख्दै उहाँले युवाहरूले समाज र वस्तुस्थितिलाई बुझेर भूमिका निर्वाह गर्नसक्नुपर्ने बताउनुभयो ।
अमेरिकी साम्राज्यवादकै कारण युक्रेन र प्यालेस्टिन ध्वस्त भएको हो । नेमकिपाले देशलाई आत्मनिर्भरताको बाटोमा हिँडाउन स्थापनाकालदेखि सङ्घर्ष गर्दै आइरहेको छ । पार्टीको महाधिवेशन सफल पार्न अनुशासित युवा स्वयम्सेवकहरूको परिचालित हुनुपर्छ, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईले युवाहरूले अध्ययनमा जोड दिनुपर्ने, स्वमूल्याङ्कन, आत्मसमीक्षा र आत्मालोचना गर्न नडराई त्यसलाई जीवन पद्धतिको रूपमा विकास गर्दै लानुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “अन्याय भएको थाहा हुँदा हुँदै विरोध नगर्नु उदारतावाद हो । उदारतावादको विरोध गर्दै अरूको तागत बुझेर आफ्नो कमजोरी चिनेर सुधार्दै अगाडि बढ्न सके थप ऊर्जा प्राप्त गर्न सकिन्छ ।”
स्तालिनविरूद्ध साम्राज्यवादी, पुँजीवादी सबैखाले विरोधसित नडराइकन देश र जनताको पक्षमा निरन्तर उभिनु भएकैले सोभियत समाजवादले पुँजीवादी देशले दुई सय वर्षमा गर्न नसकेको काम २०–३० वर्षमै गरेर देखाउन सकेको उल्लेख गर्दै केन्द्रीय सदस्य गोसाईले समाजमा परिवर्तनको अनुभूति गराउने किसिमले युवा वर्ग लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा भएको उक्त भेलामा एच. एस. सुवालले जोसेफ स्तालिनको जीवनीबारे, जगतराम धुख्वाले माओ त्सेतुङको जीवनीबारे बोल्नुभएको उक्त कार्यक्रममा रामशरण त्वातीले पनि बोल्नुभएको थियो ।
Leave a Reply