जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
भक्तपुर, १९ पुस । सर्वहारावर्गका महान् नेताहरू स्तालिन र माओ जयन्तीको अवसरमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, भक्तपुर जिल्ला समितिले शुक्रबार प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले साम्राज्यवादी सञ्चारमाध्यमहरूले स्तालिन तथा माओ त्सेतुङजस्ता महान् नेताहरूको दुष्प्रचार गरिरहेको बेला शिक्षकहरूले विद्यार्थीलाई सत्यतथ्य प्रस्ट पार्नुपर्ने विचार राख्नुभयो ।
उहाँले सोभियत समाजवादलाई ‘कोपिलामै सिध्याउने’ नीतिअन्तर्गत फासीवादी हिटलरलाई उचालेर आक्रमण गर्न लगाएको भनाइ राख्दै जापानमा कम्युनिस्ट प्रभाव रोक्न दोस्रो विश्वयुद्धको क्रममा संरा अमेरिकाले आणविक बम प्रहार गरेको तर्क गर्नुभयो ।
चिनियाँ क्रान्तिको सफलतापछि माओ त्सेतुङले शिक्षाको क्रान्तिको नेतृत्व गर्नुभएको भनाइ राख्दै केन्द्रीय सदस्य गोसाईले सबैको लागि शिक्षा, शिक्षालाई कामसँग जोड्ने, कामबाटै सिक्ने, शिक्षाको विकेन्द्रीकरणजस्ता नीति अपनाएको भनाइ राख्नुभयो । उहाँले चीनले राजनीतिक तथा दार्शनिक शिक्षा, ग्रामीण शिक्षामा जोड, प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिएको उल्लेख गर्दै माओको शैक्षिक क्रान्तिकै जगमा आजको समृद्ध चीन उभिएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जगन्नाथ सुजखु, केपी छुस्याकीले स्तालिनको जीवन, सङ्घर्ष तथा योगदानबारे बताउनुभएको थियो । कार्यक्रममा सदस्य सुरेश बखुन्छेले पनि बोल्नुभएको थियो ।
Leave a Reply