भर्खरै :

डिन विश्वविद्यालय होइन डिम विश्वविद्यालय नै हो

डिन विश्वविद्यालय होइन डिम विश्वविद्यालय नै हो

पुस २२ गतेको ‘मजदुर’ दैनिकको पाठकको कलम स्तम्भमा वागीश्वरी कलेजका पूर्वविद्यार्थी रमेश कर्माचार्यले ‘डिन विश्वविद्यालय हो कि डिम विश्वविद्यालय ? भन्ने प्रश्न गर्दै वागीश्वरी कलेजले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्राप्त गरेकोमा खुसी व्यक्त गर्नुभएको छ । म उहाँको जिज्ञासाप्रति हार्दिक आभार व्यक्त गर्दै उक्त प्रमाणपत्र वितरण समारोहमा सहभागीहरूमध्येको एक व्यक्ति भएको नाताले उहाँको जिज्ञासा मेटाउने उद्देश्यले यो पत्र लेख्दै छु ।
वास्तवमा आयोगका अध्यक्ष देवराज अधिकारीले डिम विश्वविद्यालय नै भन्नुभएको हो । पत्रिकाका रिपोर्टर मित्रले डिमलाई डिन सुन्नुभएको हो या उहाँले डिम लेख्दा पनि पत्रिकामा प्रुफ गल्ती भएर ‘डिम’ भएको हो थाहा भएन । भन्नलाई देवराज सरले डिम विश्वविद्यालय नै भन्नुभएको हो ।
डिम विश्वविद्यालय भन्ने पदावली मैले ख्वप कलेजको सुरुआती वर्षमै सुनेको थिएँ । तत्कालीन प्राचार्यले ख्वप कलेजलाई त्यही बेला नै डिम विश्वविद्यालयको रूपमा विकास गर्ने सोच बनाउनुभएको थियो । त्यसबेला मैले बुझेअनुसार डिम विश्वविद्यालयले अरू कलेजलाई सम्बन्धन दिन नपाइने तर विश्वविद्यालयको मूल्य र मान्यताभित्र रहेर पाठ्यक्रम निर्माण, परीक्षा सञ्चालन र नतिजा प्रकाशनसमेतको स्वायत्त अधिकार भएको शैक्षिक संस्थाको रूपमा रहने रहेछ ।
पूर्व विद्यार्थीको नाताले वागीश्वरी कलेजले क्यूएए पाएकोमा खुसी मात्र हैन जिज्ञासासहित थप प्रगतिको कामना गर्ने शुभेच्छुक रमेश कर्माचार्यलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *