जनताबाट चुनिएका जनप्रतिनिधिहरू शिष्ट हुनु जरुरी
- बैशाख ८, २०८२
म काभ्रे मन्दनदेउपुरको स्थायी निवासी हुँ । मेरो कर्मभूमि भने भक्तपुर हो । हाल मेरो बसाइँ खरिपाटी सैनिक ब्यारेकछेउ चाँगुनारायण नगरपालिकामा छ । दिनहुँ भक्तपुर हुँदै जगाती अरनिको राजमार्गपारि एउटा स्कूलमा पढाउन कहिले हिँडेर त कहिले मोटरसाइकलमा गुडेर जाने गर्दछु । यस क्रममा भक्तपुर नपाको सफाइबारे थोरै गुनासो यहाँ गर्न खोजेको छु । अन्यथा लिनुहुने छैन भने मेरो विश्वास छ ।
भनपाको सफाइबारे युनिसेफले समेत कदर गरेको कुरा सुनेको छु । दरबार स्क्वायर, टौमढी, तचपाल, बजार लाइनमा टिपनटापनहरूले चुरोटको ठुटोसम्म बाँकी राख्नुु हुन्न† टिप्नुहुन्छ । यो अत्यन्तै प्रशंसायोग्य काम हो । यसमा कुनै विवाद छैन । यसको लागि नगरपालिकाप्रति म आभार व्यक्त गर्दछु । यति हुँदाहुँदै पनि लान्चा फल्चा, नारायणमान बिजुक्छेँको घरअगाडि हुँदै च्याम्हासिंह जगातीको सडकका छेउछेउ ठाउँठाउँमा मैले फोहर थुप्रिएको धेरै दिनदेखि देखिरहेको छु । नगरको पुरानो बस्तीभन्दा बाहिर नयाँ बस्तीतिर सफाइ मजदुरको क्रियाशीलता नपुगेको हो कि भन्ने लागेर यसतर्फ नपाको ध्यानाकर्षण होस् भन्ने हेतुले यो पत्र लेखेको छु । आशा छ, यसलाई विरोधको अभिव्यक्तिको रूपमा नलिई सुझावको रूपमा भनपाले ग्रहण गर्नेछ । धन्यवाद !
Leave a Reply