नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी मलाला युसुफ जाइले प्यालेस्टिनको गाजामा इजरायलले सम्पूर्ण शिक्षा प्रणाली ध्वस्त पारेको, सबै विश्वविद्यालयमा बमबारी गरेको, ९० प्रतिशतभन्दा बढी विद्यालय ध्वस्त पारेको, विद्यालय भवनहरूमा आश्रय लिइरहेका नागरिकहरूमाथि अन्धाधुन्ध आक्रमण गरेको बताइन । प्यालेस्टिनीहरूले यहुदीहरूलाई शरण दिएको आफ्नै देशभित्र नरसंहार गराउन होइन, नेपालमा शरणमा बसेकाले इजरायललेजस्तै ध्वंस मच्चाए नेपाली जनता कसरी चुप लागेर बस्लान् ? विपिन जोशीबारे इजरायललाई हातहतियार पठाउने अमेरिकी सरकारसँग पनि कुराकानी गर्नु उपयुक्त हुनेछ ।
अमेरिकी रक्षामन्त्रीले युक्रेन र इजरायललाई हतियार बेचेर आफ्ना देशका हातहतियार उद्योगीहरूले पहिलेभन्दा अर्बौँ डलर बढी नाफा कमाएको बताए । चोरले नदेखिने गरी चोर्छ । डाँकुहरूले जानकारी दिएर लुटेर लान्छन् । प्यालेस्टिनलाई ध्वस्त पारेर अर्बौँँ डलर नाफा कुम्ल्याउने अमेरिकी सरकारको मानवता र मानव अधिकार कस्तो हो ? यो प्रश्न परराष्ट्रमन्त्रीले अमेरिकी सरकारसँग सोध्नु जरुरी छ ।
सरकारले वर्षा मौसममा उत्पादन बढी भएको बिजुली भारतलगायत विदेश निर्यात गर्ने दाबी गरेको छ । कर्णाली प्रदेशका २६ प्रतिशत बस्तीमा बिजुली पुगेको छैन । बिजुली नपुगेरै नेपालका उद्योगहरू क्षमताको ४० प्रतिशतमा सञ्चालन भइरहेको छ । अहिले खाना पकाउने ग्यासको आयात २० प्रतिशतले बढ्यो । बिजुली नपुगेकै कारण २० प्रतिशत खेतीयोग्य भूमि बाँझो छ । बिजुली नपुगेकै कारण कर्णाली प्रदेशका ९६ प्रतिशत जनता दूषित पानी पिउन बाध्य छन् । तराई–मधेसका मुसहर समुदाय शीत लहर फैलिएसँगै सुरक्षित आश्रय खोज्दै छन् । सरकारले नेपाली जनतालाई पर्याप्त बिजुली दिनु जरुरी छ । वर्षा मौसमको बढी भएको बिजुली पनि नेपालीलाई खाना पकाउन सस्तोमा दिनु उपयुक्त हुनेछ ।
अमेरिकी सरकारले हातहतियार पठाएर रुसविरुद्ध युक्रेनलाई लडायो । सरकारले नेपालीलाई युक्रेनी सेनामा पनि पठायो भने सरकारले अहिले ६४ लाख थान थप राहदानी छाप्न टेन्डर आह्वान गरेको बतायो ।
सरकारले नेपाली युवा करोड हाराहारीमा भारतबाहेक १७३ देशको वैदेशिक रोजगारीमा पठाएको हुँदा नेपालको सामाजिक सन्तुलन बिग्रियो, ५०० भन्दा बढी कलेजहरू विद्यार्थी नभएर बन्द हुँदै छन् । कृषि अवरुद्ध भयो, दाल, चामल, तरकारी, फलफूलसमेत खर्बौँ रुपैयाँको आयात ग¥यो† देशको कतिपय ठाउँमा मलामी जाने युवासमेत भएन ।
केही वर्षअगाडि लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीलाई नेपालका प्रधानमन्त्रीले स्वागतसहित तल्लो अरुण जलविद्युत् परियोजनासमेत उपहार दिए । सरकार नेपाली जनताप्रति जवाफदेही किन भएन ?
(नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०८१ पुस २९ गते प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा राख्नुभएको मन्तव्यको सार – सं)
सरकार आफै अमानतमा वा जनताको उपभोक्ता समितिमार्फत भएका निर्माण दीगो हुने
बसाइँसराइको कारण हिमाली क्षेत्रका २६ जिल्लामा जनसङ्ख्या घट्दै छ । शान्ति र समृद्धिको लागि गरिबी उन्मूलन हुनु जरुरी छ । गरिबी उन्मूलनको लागि सामाजिकीकरण र सन्तुलित विकास आवश्यक छ । ७५३ ओटै पालिकाले आ–आफ्नो क्षेत्रमा आवास योजना विकास गरेमात्र सन्तुलित विकास हुनेछ ।
देशको सन्तुलित विकासको लागि भौतिक संरचना निर्माण भूकम्पीय जोखिम न्यून हुने प्रविधिसहित हुनु आवश्यक छ । गतवर्ष गएको पहिरो र डुबानले सडक, पुल, भवनलगायतका संरचनामा क्षति पु¥यायो, पहिरो र डुबानको एउटा प्रमुख कारण गुणस्तरीय निर्माण नहुनु पनि हो । कच्चा निर्माण भए स–सानो पहिरो र डुबानमा क्षति हुनेछ ।
सरकारको अमानतमा वा जनताको सहभागितामा उपभोक्ता समितिमार्फत बनेका संरचनाहरू गुणस्तरीय हुने हो । सरकारमा गएकाहरू ठेकेदार र सह–ठेकेदारमार्फत संरचना बनाउन लगाउँछन् । बजेटको ३० प्रतिशतमात्र निर्माणमा खर्च हुने संरचना कसरी बलियो हुन्छ ? सरकार वा जनताको उपभोक्ता समितिभन्दा ठेकेदारलाई बलियो ठान्ने सरकारको निर्माण दीगो हुने छैन ।
भूगर्भशास्त्रीहरूका अनुसार काठमाडौँ उपत्यकाको माटो अन्यत्रबाट ओसारेर थुपारिएको जस्तो कमजोर छ, बलियो र खँदिलो छैन । यहाँको कमजोर जमिनले भारी संरचना थेग्न नसक्ने भूगर्भशास्त्रीहरूको मत हो । यो कमजोर जमिनमा यहाँको भारी संरचना भासिने सम्भावना छ । त्यसबेला दोषी को को हुने हो ? प्रधानमन्त्री र मन्त्रीहरूलाई यो संवेदनशील विषय थाहा नहुन सक्छ । प्राविधिक र प्राध्यापकहरूले थप अध्ययन गरी यथार्थ लेखिदिनु भए जनप्रतिनिधिको जिम्मेवारीअनुसार हामीले सरकारको ध्यानाकर्षण गराउन संसद् र समितिमा राख्नेछौँ ।
गुणस्तरीय संरचना निर्माणको लागि बालुवा, गिटी, सिमेन्ट, डन्डी, ढुङ्गा पनि गुणस्तरीय हुनु आवश्यक छ । सरकारले जनतालाई गुणस्तरीय निर्माण सामग्री सुपथ मोलमा सहजरूपमा उपलब्ध गराउनु आवश्यक छ । इन्जिनियरिङ कलेजहरूले निर्माण सामग्रीको गुणस्तर परीक्षण गरी जनतालाई सहयोग गर्नु उपयुक्त हुनेछ । सिक्टा सिँचाइ आयोजनामा अरबौँ रुपैयाँको संरचना बगाइयो । यसको दोष माटोलाई लगाई ठेकेदारलाई उन्मुक्ति दिइयो । सरकार ठुला ठेकेदारको चङ्गुलमा परेको भुक्तभोगीहरू बताउँछन् ।
भौतिकशास्त्रीहरूले कङ्क्रिटको जङ्गल स्वास्थ्यको लागि हानिकारक हुने र घाम र हावा नछिर्ने कङ्क्रिटको कोठा २० वर्षपछि क्यान्सर रोगको स्रोत हुने बताएका छन् । यसबारे पनि इन्जिनियरहरूले अध्ययन गर्नु उपयुक्त हुनेछ ।
भूकम्पीय जोखिम न्यूनीकरणको लागि जग बलियो हुनु पर्दछ । त्यस्तै विश्वविद्यालयको शिक्षा गुणस्तरीय बनाउन विद्यालय शिक्षा राम्रो बनाउनु आवश्यक छ । चीनमा विश्वविद्यालय र कलेजका प्राध्यापकहरू विद्यालय पुगेर विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न मद्दत गर्दछ । चीनले नयाँ पुस्तालाई तयार गर्न निकै मिहेनत गरेको सार्वजनिक भयो । यो संवेदनशील विषयमा हामी पनि सचेत हुनु जरुरी छ ।
(नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०८१ माघ ४ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा सम्पन्न भूकम्प इन्जिनियरिङको चौँथो राष्ट्रिय सम्मेलनमा राख्नुभएको मन्तव्यको सार – सं)
Leave a Reply