भर्खरै :

आदर्श ज्योति इङ्गलिस सेकेन्डरी स्कूलमा अन्तर इसान वादविवाद प्रतियोगिता

आदर्श ज्योति इङ्गलिस सेकेन्डरी स्कूलमा अन्तर इसान वादविवाद प्रतियोगिता

भक्तपुर, ११ माघ । संस्थागत विद्यालय सङ्घ नेपाल इसानको आयोजनामा सूर्यविनायक नगरपालिका कटुञ्जेस्थित आदर्श ज्योति इङ्गलिस सेकेन्डरी स्कूलमा अन्तर इसान वादविवाद प्रतियोगिता सम्पन्न भयो ।
इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले विषयवस्तुको गहिराइमा गएर सकारात्मक वा नकारात्मक पक्षलाई उजागर गर्न सक्ने क्षमता वादविवाद प्रतियोगिताले विकास गर्ने बताउँदै कानुनी सेवामा लाग्ने विद्यार्थीलाई यो कार्यक्रम महत्वपूर्ण भएको बताउनुभयो ।
इसानका केन्द्रीय महासचिव पुरूषोत्तम ग्वाछाले किताबी ज्ञान प्राप्त गर्नु मात्र मुख्य नभएको र ज्ञान व्यवहारमा लागु भयो भएन भन्ने मुख्य हुने बताउँद प्रयोगात्मक प्राप्ताङ्क दिने प्रक्रिया राम्रो रहेको र शिक्षालाई सीपसँग जोड्नुपर्ने औँल्याउनुभयो ।
प्रतियोगितामा प्राइम एकेडेमी प्रथम, होली गार्डेन इङ्गलिस सेकेन्डरी स्कूल द्वितीय र सूर्यदीप सेकेन्डरी स्कूल तृतीय हुन सफल भएको थियो । कार्यक्रम इसानका जिल्ला अध्यक्ष कृष्णराम त्वानाबासुको अध्यक्षतामा सम्पन्न भएको थियो भने जीवन जोशी र सङ्गीता हमालले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *