भर्खरै :

मिनर्वामा सोनाम ल्होछार तथा सांस्कृतिक प्रदर्शनी

मिनर्वामा सोनाम ल्होछार तथा सांस्कृतिक प्रदर्शनी

भक्तपुर, १२ माघ । मिनर्वा इङ्गलिस स्कूलको आयोजनामा भएको सोनाम ल्होसार मञ्जुश्री संवत् २८६१ औँ कुल (सा पुख्रि) सर्प वर्षको अवसरमा सोनाम ल्होसार प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
सोनाम ल्होसार प्रदर्शनी तथा सांस्कृतिक प्रदर्शनी कार्यक्रम २०८१ मा तामाङ समुदायको जीवनशैलीका विभिन्न प्रस्तुतिलगायत मानिस जन्मेदेखि मृत्युसम्मको प्रस्तुति प्रदर्शन गरिएको थियो ।
कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिका ४ नं. वडाका वडाध्यक्ष उपेन्द्र सुवालले गर्नुभएको थियो ।
प्रिन्सिपल राजेन्द्र दुवालको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रममा उहाँले सोनाम ल्होसार प्रदर्शनी तथा सांस्कृतिक पर्व विद्यालयका विद्यार्थीहरूलाई सिकाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका इन्चार्ज राजु किसिजुले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीलगायत चर्चित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *