भर्खरै :

एचपीभी खोप शिविर वडा नं ५ मा सम्पन्न

एचपीभी खोप शिविर वडा नं ५ मा सम्पन्न

भक्तपुर, २७ माघ । पाठेघरको मुखको क्यान्सर रोकथामको राष्ट्रिय खोप अभियानअन्तर्गत भक्तपुर नगरपालिकाका विभिन्न विद्यालयहरूमा माघ २२ देखि सञ्चालन हुँदै आएकोमा आइतबार भनपा वडा नं ५ का चार विद्यालयहरू आदर्श आजाद, विद्यार्थी निकेतन, विद्या आर्जन र प्रोक्सिमामा खोप अभियान सम्पन्न भयो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले चारै खोप केन्द्रको अनुगमन र निरीक्षण गर्नुभयो ।
१० देखि १४ वर्षसम्मका (कक्षा ६ देखि १० सम्मका) छात्रा विद्यार्थीहरूलाई लगाइने यस खोप अभियानमा चार विद्यालयहरूमध्ये आदर्श आजाद, विद्यार्थी निकेतन, विद्या आर्जन र प्रोक्सिमामा क्रमशः १५१, ७०, ४५ र ५१ विद्यार्थीहरूमा लगाउनुपर्नेमा २/४ जना विद्यार्थीहरू छुटेको खोप अभियान अनुगमनका सदस्य एवं वडा ५ का जनप्रतिनिधि एवं कार्यपालिका सदस्य कृष्णप्यारी जधारीले बताउनुभयो ।
चारै खोपकेन्द्रमा खोप अभियान सम्पन्न भएको वडा ५ का स्वास्थ्य स्वयंसेवी राजमती लवजुले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *