यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ९ फागुन । सहकारी अध्ययन समाज नेपालले नेमकिपाको आठौँ महाधिवेशनको अवसरमा शुक्रबार सहकारीकर्मीहरूको भेला भयो ।
उक्त भेलामा नेमकिपाका सचिव प्रेम सुवालले राजनीति देश र जनताको निःस्वार्थरुपमा सेवा गर्नु हो; सहकारी संस्थाका सदस्यहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे जानकारी राख्नु आवश्यक छ; सहकारीका सदस्यहरूले लेखा र कम्प्युटर तालिम लिनु जरुरी छ र सहकारीको सिद्धान्त पनि बुझ्नु आवश्यक छ भन्नुभयो ।
सङ्घीय र प्रदेश राजधानीमा बसाइँसराइ केन्द्रित गर्नु देशको सन्तुलित विकास होइन, सांसद, मन्त्री र प्रधानमन्त्री भएकाहरू जिल्लामा स्थायी बसोबास गरी जनताको सेवा गर्नु आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “प्यालेस्टिनीहरूले यहुदीहरूलाई बसोबासको निम्ति शरण दिएका हुन् । बेलायत र अमेरिकाका सरकारहरूको सहयोगमा प्यालेस्टिनी भूमिमा यहुदीहरूको देश इजरायल घोषणा गरिएको थियो । त्यसयता यहुदीवादी इजरायली सरकारले अमेरिकी सरकारबाट प्राप्त हतियारले प्यालेस्टिनी भूमि कब्जा गर्न प्यालेस्टिनीहरूको नरसंहार गर्दै छ । अमेरिकी सरकारले प्यालेस्टिनीको तेल र ग्यास खानी र पानी भण्डारणमा आँखा लगाएको छ ।”
अमेरिकी सरकारले युक्रेनलाई हतियार पठाएर रुसविरुद्ध आक्रमण गर्न लगाइएको उल्लेख गर्दै उहाँले अहिले अमेरिकी धनाढ्य कम्पनीहरूले युक्रेनको भूमि कब्जा गर्दै छन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “राजनीतिक पार्टी एउटा विश्वविद्यालय हो । राजनीतिक कार्यकर्ताहरूले पार्टीको दर्शन र सिद्धान्त अध्ययन र अन्तरक्रिया गर्नु जरुरी छ । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन बृहत् राजनीतिक कक्षा हो । २००७ साल, २०४६ साल र २०६३ सालको जनआन्दोलनपछि प्रधानमन्त्री र मन्त्री बनेका पार्टीले विदेशी पुँजीको सेवा गरी जनतालाई धोका दिँदै छन् । यसकारण, देश र जनतालाई दुःख भएको हो ।”
भेलामा सहकारी अध्ययन समाज नेपालका उपाध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी समाज नेमकिपामा आस्थावान सहकारीकर्मीहरूको पेसागत सङ्गठन हो भन्नुभयो ।
सहकारी अध्यादेशले समुदायमा आधारित सहकारी संस्थालाई समस्या पारेको उल्लेख गर्दै उहाँले महाधिवेशन सफल पार्न सहकारीकर्मीहरूको पनि अहम् भूमिका हुन्छ भन्नुभयो ।
सहकारी अध्ययन समाजका अध्यक्ष केदार खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रममा महेन्द्र बखुन्छेले अधिवेशन सफल पार्न आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
Leave a Reply