यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ९ फागुन । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन प्रचारार्थ नेपाल क्रान्तिकारी युवा सङ्घ सूर्यविनायक वडा नं. ५ वडा समितिको आयोजनामा युवा भेला सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समितिका सचिव महेन्द्र बखुन्छेले नेमकिपाले स्थापनाकालदेखि नै देश र कामदार वर्गका जनताको हितको निम्ति सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै पार्टीको आठौँ महाधिवेशन पूर्णरूपमा सफल पार्न युवाहरू सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो ।
उहाँले पार्टीको महाधिवेशन देशमा व्याप्त शोषण, दमन, अन्याय, अत्याचार, ठगी, भ्रष्टाचार र लुटको व्यवस्थाविरुद्धको अभियान पनि भएको बताउनुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घ सूर्यविनायक नगर समितिका सचिव लक्ष्मी सुवालले अधिवेशन सफल पार्न युवा कार्यकर्ताहरूले स्वयम्सेवकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय रामकृष्ण बखुन्छँे, जीवन बखुन्छेँ र राजनले पनि मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply