भर्खरै :

इमानको राजनीति गर्ने पार्टीको महाधिवेशन सफल पारौँ !

इमानको राजनीति गर्ने पार्टीको महाधिवेशन सफल पारौँ !

उठौँ, जागौँ र कम्मर कसौँ ! नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन सफल पारौँ । अधिवेशन सफल पार्न फागुन १६ गते सल्लाघारीस्थित खुला मैदानमा हुने अधिवेशनको उद्घाटन स्थलमा सरिक होऔँ । देशभरिका नगर र गाउँको बस्ती–बस्तीको घर आँगन, चोक–चोकबाट निस्कौँ, जिम्माअनुसार निर्धारित स्थानमा निर्धारित समयमा हुने ¥यालीमा पुगौँ; पार्टीप्रति आस्थावान सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरौँ । देश र जनताको निम्ति सङ्घर्षरत नेमकिपालाई अझ बढी सेवा गर्ने प्रेरणा दिन या हौसला दिन न्यायप्रेमी जनताले पार्टीको महाधिवेशनलाई साथ दिनुपर्छ । देश र जनताको हितको निम्ति लड्ने पार्टीलाई नै जनताले साथ र समर्थन गर्ने हो । पार्टीले देश र जनताको निम्ति लड्छ, आवाज उठाउँछ भने जनताले त्यस्तो पार्टीलाई साथ र समर्थन दिनु जरुरी छ । नेमकिपा देश र जनताको लागि समर्पित छ भने न्यायप्रेमी जनता पनि नेमकिपाप्रति समर्पित हुनुपर्छ ।
जनताको साथ र समर्थन देश बन्धक राख्ने, देशका प्राकृतिक स्रोत र साधन विदेशी कम्पनी र विदेशी शक्ति राष्ट्रको हातमा दिने, नेपालको संविधान मान्य नहुने एमसीसी सम्झौता गर्ने दल र दलका नेताहरूलाई होइन । न्यायप्रेमी जनताले देश र जनताको सेवा गर्ने दललाई चिन्न नसक्दा देश र जनताले दुःख पाइरहेका हुन् । श्रमजीवी, उत्पीडित तथा शोषितपीडित जनताले आफूमाथि रजाइँ गर्ने दलका नेता, सांसद, जनप्रतिनिधिहरूलाई नै मतदान गरेर जिताइरहेका छन् । व्यापक जनताले कुन दलले कुन वर्गका जनताको प्रतिनिधित्व गरिरहेका छन् भन्नेतर्फ वास्तै गरेनन् । ठुलठुला दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरूको लोभलालचमा फस्दा, जनता पैसामा बिक्दा, भोजभतेरमा लाग्दा सच्चा प्रतिनिधिहरू चुनेनन् । व्यापक जनता राजनीतिक, वैचारिक, सैद्धान्तिक र सांस्कृतिकरूपले सुसूचित नहुँदा देशमा कहिले सामन्त त कहिले पुँजीपतिवर्गले बहुमत जनतामाथि रजाइँ गरिरहेको हो । जनताले कुन वर्गीय शत्रु र कुन मित्र शक्ति हो चिनेनन् । आफूमाथि नै रजाइँ गर्ने, श्रम शोषण गर्ने, देशलाई मागी खाने भाँडो र राजनीतिलाई कमाइ खाने माध्यम बनाउने दलका प्रतिनिधिहरूलाई जिताएर देशमा कसरी बहुमत जनतालाई राहत हुन्छ ?
अब जनताले शत्रु र मित्र चिन्नुपर्छ । जनताले वर्गीय शत्रुको विरोध गर्नुपर्छ, मित्र पार्टीको समर्थन गर्नुपर्छ । नेमकिपा व्यापक जनताको प्रतिनिधित्व गरिरहेको दल हो† देश जोगाउन र बनाउन, जनताको हितमा नीति नियम बनाउन सङ्घर्षरत पार्टी हो । यसरी देश र जनताको निम्ति सङ्घर्षरत पार्टीको अधिवेशन सफल पार्नु पार्टीका नेता तथा कार्यकर्ताको मात्र होइन, व्यापक जनसमुदायको पनि जिम्मेवारी हो । त्यो जिम्मेवारी देशभक्त र न्यायप्रेमी जनताले पूरा गर्नुपर्छ । जिम्मेवारी पूरा गर्ने एउटा अवसर नेमकिपाको आठौँ महाधिवेशन पनि हो । यो महाधिवेशनको उद्घाटन सत्र सफल पार्नु श्रमजीवी जनताको कर्तव्य हो । अतः यस महाधिवेशनमा देशका विभिन्न जनजाति, भाषाभाषी, समुदायका जनता सरिक हुनुपर्छ । ¥यालीलाई भव्य, सभ्य, अनुशासित बनाउन स्वयम्सेवकहरू खटिनुपर्छ । ¥याली शान्तिपूर्ण बनाउने र निर्धारित नारामात्र लगाउने सन्दर्भमा पनि स्वयम्सेवकहरूको ध्यान पुग्नुपर्छ । महाधिवेशनको उद्घाटन ¥याली संयमित र अनुशासित हुनेछ । नेमकिपाले आफ्ना नेता तथा कार्यकर्तालाई अनुशासित बन्न, देशभक्त बन्न र आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक बहन गर्न शिक्षा दिँदै आएको हो । नेमकिपाले कहिले पनि लोभलालच देखाएर कुनै नागरिकलाई पार्टीमा भित्याउने र निर्वाचनमा जिताउने काम गरेको छैन । बरु, नेमकिपाले भ्रष्टाचार नगर्न, कमिसनको राजनीतिमा हात नहाल्न, कालाबजारी नगर्न, झूटको राजनीति नगर्न, मिठा मिठा र आकर्षक कुरा गरेर जनतालाई भुलाउन नहुने शिक्षा दियो । यही कारण देशमा नेमकिपा इमानको राजनीति गर्ने पार्टीको रूपमा परिचित भएको हो । नेमकिपा विदेशी थिचोमिचोको विरोध गर्ने पार्टीको रूपमा चिनिएको हो । यस अर्थमा नेमकिपा देशको निम्ति जरुरी छ । देशको निम्ति जरुरी भएको पार्टी नेमकिपाको महाधिवेशनलाई के हामीले साथ दिनुपर्दैन ? महाधिवेशनमा सरिक हुनुपर्दैन ? अतः बेला नहोला त बेलामा कसरी दौड्नुपर्छ बेला होला त बेलैमा कसेरै दौडनुपर्छ भन्ने भनाइलाई हामीले व्यवहारमा लागु गर्नुपर्छ ।
नेमकिपा देश र जनताको निम्ति लड्ने पार्टी हो; व्यापक जनताको प्रतिनिधित्व गर्ने दल हो । सरकारमा नगइकन जनताको पक्षमा लड्ने पार्टी नेमकिपालाई समुल नष्ट गर्न राज्यस्तरबाट षड्यन्त्र रचिएको थियो । तर, नेमकिपाका नेता तथा कार्यकर्ता जेलमा परे पनि, भूमिगत र अर्धभूमिगत बस्नु परे पनि, अनेक शारीरिक र मानसिक यातना सहनु परे पनि शत्रुसामु नझुकी लडिरहे; आत्मसमर्पण नगरी लडिरहे । यसरी कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारमा अडिग रहेर लड्ने पार्टी नेमकिपालाई हामीले साथ र सहयोग दिनु हामी सबैको जिम्मेवारी हो । त्यो जिम्मेवारी हामीले पालना गर्नुपर्छ । अतः फागुन १६ गते हुने उद्घाटन ¥याली र उद्घाटन सत्र सफल पार्नुपर्छ† अधिवेशन सफल पार्न गाउँ–गाउँ र बस्ती–बस्तीबाट उठ्नुपर्छ† जाग्नुपर्छ र अधिवेशनमा सरिक हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *