भर्खरै :

महाधिवेशनको सफलताको कामना !

महाधिवेशनको सफलताको कामना !

माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्त मानी सङ्घर्षका विभिन्न माध्यमबाट प्रजातन्त्र हुँदै समाजवाद स्थापना गरी साम्यवादी समाजमा पु¥याउने नेपाल मजदुर किसान पार्टीको उद्देश्य हो । उपनिवेशवाद, सामन्तवाद, पुँजीवाद, साम्राज्यवाद, विस्तारवाद, संशोधनवाद, अराजकतावाद, वामपन्थी र दक्षिणपन्थी अवसरवाद, आत्मसमर्पणवाद र सङ्कीर्णतावादको विरोध गर्नु पनि सो पार्टीको उद्देश्य हो । विभिन्न जातजाति, भाषाभाषी, दुर्गम र सीमान्तकृत शोषित–पीडित कामदार वर्गका जनतालाई सचेत र सङ्गठित गर्ने, देशको सार्वभौमिकता, भूअखण्डता र स्वतन्त्रता जोगाउने सङ्घर्षमा भाग लिने, शोषित पीडित जनताको न्यायपूर्ण सङ्घर्षमा साथ दिने र देशमा आमूल परिवर्तनको निम्ति समाजवादी प्रचार अभियान चालु राख्ने काम नेमकिपाले गरिरहेको छ ।
सर्वहारा अन्तर्राष्ट्रवादी भावना बोकेर विदेशी थिचोमिचो, हस्तक्षेप र शोषणको विरोधमा लडिरहेका अरू देश र जनताको पक्षमा साथ दिने र समर्थन जनाउने काम नेमकिपाले छोडेको छैन । मजदुर, किसान, महिला, युवा, विद्यार्थी, प्राध्यापक, कर्मचारी, बुद्धिजीवी, उद्योगी, व्यापारी, पत्रकार, पेसाकर्मी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अवकाश प्राप्त कर्मचारीलगायत सम्पूर्ण श्रमजीवी वर्गको हक हितको लागि लडिरहेको पार्टी नेमकिपा हो । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई पार्टीले आफ्नो देशको वस्तुगत परिस्थितिअनुसार लागु गर्नेछ । सोभियत सङ्घमा मजदुरहरूको नेतृत्वमा क्रान्ति भएको थियो भने चीनमा किसानहरूको नेतृत्वमा क्रान्ति भएको थियो । यसरी संसारका नयाँ र पुराना मजदुर आन्दोलन र नयाँ नयाँ परिवर्तनको अध्ययन गरी त्यसबाट शिक्षा लिई माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई आफ्नो देश, काल र परिस्थतिअनुसार लागु गर्न सङ्घर्षरत नेमकिपाको आठौँ अधिवेशन आज शुक्रबारदेखि सुरू हुनेछ । उक्त अधिवेशन सफलतापूर्वक सम्पन्न हुने हाम्रो विश्वास छ । उक्त अधिवेशनको हामी सफलताको कामना गर्दछौँ । नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाले आर्जन गरेको छविलाई अझ उचाइमा पु¥याउनेछ; नेमकिपाको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याई समाज परिवर्तनमा सहयोग पु¥याउनेछ ।
श्रमजीवी वर्गको नेतृत्वमा, श्रमजीवी वर्गको पक्षको सरकार ल्याउन वर्गसङ्घर्ष नगरी सुखै छ्रन । देशमा आमूल परिवर्तन ल्याउन कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार अवलम्बन नगरी सम्भव छैन । परिवर्तन गर्न आफूलाई कम्युनिस्ट भनिने सबै दलले सिद्धान्तमात्र बोक्ने होइन, त्यसलाई व्यवहारमा लागु गर्नुपर्छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई मार्गनिर्देश गरिरहेको नेमकिपाको बाटोलाई आत्मसात गर्नुपर्छ । नेमकिपा इमानदारीपूर्वक शुद्ध राजनीतिमात्र गर्दैन, कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार छोडेका, छोड्न लागेका, माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा बङ्ग्याउने पार्टी, नेता तथा कार्यकर्ताहरूलाई सत्मार्गमा ल्याउन आलोचना गर्ने, खबरदारी गर्ने काम पनि गर्छ । यसले गलत बाटोमा लागेका, लाग्न लागेका दल र कार्यकर्ताहरूलाई सही ठाउँमा ल्याउने काम गर्छ । नेमकिपाले गरिरहेको यो भूमिकालाई कुनै पनि कम्युनिस्ट पार्टी, पार्टी नेता, कार्यकर्ता र जनताले भुल्नु हुँदैन । यसरी देश र जनतालाई सत्मार्ग देखाउने काममा अग्रणी भूमिका निर्वाह गर्ने नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको यो गरिमामय, महत्वपूर्ण सभा र ¥यालीमा हामी सबैको उपस्थिति जरूरी छ ।
अधिवेशनले जिल्ला–जिल्लाका नेता तथा कार्यकर्तालाई मार्ग निर्देश गर्नेछ । नेता तथा कार्यकर्ताहरू राजनीतिक, सैद्धान्तिक र वैचारिकरूपमा अझ सुसूचित भई उनीहरूले आ–आफ्नो जिल्लाका जनतालाई मार्गनिर्देश गर्नेछन्; आमूल परिवर्तनको निम्ति बाटो तयार गर्नेछन् । नेपालको कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई सही ठाउँमा ल्याउने काममा नेमकिपाको देन उल्लेखनीय हुनेछ । नेपाली समाजलाई जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादसम्म अगाडि बढाउनु कम्युनिस्टहरूको दायित्व र जिम्मेवारी हो । त्यो दायित्व र जिम्मेवारी नेमकिपाको काँधमा छ । नेमकिपाले त्यो दायित्व स्थापनाकालदेखि निर्वाह गर्दै आएको हो; निर्वाह गर्दै जानेछ । नेपालमा आमूल परिवर्तन गर्न र गराउन नेमकिपा अघि बढिरहने छ† बढिरहने छ । फेरि एकचोटि नेमकिपाको आठौँ अधिवेशनको सफलताको कामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *