सरकारको चाल न हाँसको न कुखुराको !
- असार २९, २०८३
नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा पार्टीको आठौँ महाधिवेशन हुँदै छ । नेमकिपाको पहिलो सम्मेलन मध्य तराईको रुपन्देही जिल्लाको भैरहवा नगरमा भएको थियो ।
फागुन १६ गते शुक्रबार भएको महाधिवेशनमा विभिन्न जिल्ला र गाउँका युवा–विद्यार्थी, मजदुर, किसान, शिक्षक, बुद्धिजीवी, महिला र ज्येष्ठ नागरिकहरू विभिन्न दिशाबाट बाजागाजासाथ आएका समूहहरू भक्तपुर सल्लाघारीको मैदानमा भेला भए ।
फागुन १७, १८ र १९ गतेसम्म भएको बन्द बैठकमा ४३ भन्दा बढी जिल्लाका विभिन्न प्रदेशहरूबाट आएका प्रतिनिधि र पर्यवेक्षकहरूले भाग लिँदै छन् ।
महाधिवेशनमा सदस्य सङ्ख्याको आधारमा जिल्ला समितिहरूबाट प्रतिनिधिहरू पठाउने गर्छन् र अन्य विभिन्न वर्गीय र पेसागत संस्थाका महत्वपूर्ण सदस्यहरूलाई पर्यवेक्षकको रूपमा बन्द बैठकमा सहभागी गराउँछन् । बन्दसत्रमा मतदान हुँदा पार्टी प्रतिनिधिहरूले मात्र भाग लिन पाउँछन् भने पर्यवेक्षकहरूले मतदानमा भाग लिन पाउँदैनन्, तर प्रश्न गर्ने वा बोल्ने अधिकार भने पाउँछन् ।
पार्टी सम्मेलनहरूले महाधिवेशनले पारित गरेका सिद्धान्त, कार्यक्रम र नीतिहरूलाई लागु गर्नेछन् भने महाधिवेशनले पार्टीको नाम, झन्डा, सिद्धान्त, नीति उद्देश्यसमेत परिवर्तन गर्ने अधिकार राख्छ । यसकारण, महाधिवेशनलाई सबभन्दा शक्तिशाली दलको अङ्ग वा बैठक मानिन्छ ।
नेमकिपाको चालु महाधिवेशनमा जिल्ला–जिल्लाको प्रतिवेदन, जनवर्गीय सङ्गठन र पेसागत सङ्घ–संस्थाको प्रगति प्रतिवेदन, रिपोर्ट तथा पार्टी र सङ्घ संस्थाहरूका मुखपत्रलगायत अन्य पुस्तक प्रकाशनबारे जानकारी दिइएको थियो ।
महाधिवेशनमा नेमकिपाको सिद्धान्त, विचार, आदर्शका साथै विविध विषय एवं नेपालका राजनीतिक दलहरूप्रतिको दृष्टिकोणबारे प्रश्न–उत्तरको कार्यक्रम भए ।
जानकारी र छलफलको सिलसिलामा युक्रेनबारे संरा अमेरिका, युरोपेली देशहरू, नाटो गुट र अन्य देशको दृष्टिकोणलाई समेत केलाउने काम बैठकले ग¥यो ।
त्यस्तै इजरायल र प्यालेस्टिन, एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूको परिस्थिति एवं समाजवादी देशहरूको विषयमा पनि नेमकिपाको दृष्टिकोण स्पष्ट पार्ने काम बैठकले ग¥यो ।
बैठक मङ्गलबारसम्म चालु रहनेछ ।
Leave a Reply