भर्खरै :

कुन कुन अवस्थामा राजतन्त्रको पुनः स्थापना हुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रलाई ‘राजावादीहरूले’ गौचर हवाई अड्डाबाट निर्मल निवाससम्म पु¥याई दिएकोबारे २–४ दिन थप चर्चा रह्यो । साधारण जनतामा आश्चर्य, उत्साह, अपसकुन, डर र त्रासको भावना देखिए पनि बुद्धिजीवी वा विश्वविद्यालय र कलेजका प्राध्यापकहरूमा समेत त्यो अन्योल र अनिश्चयको भावनाले ग्रस्त हुनु नपर्ने थियो । तर, भएको पाइन्छ किन ?
राजतन्त्रको पुनः स्थापना भएका देशहरू पनि छन् र राजतन्त्रको फिर्तापछि राजा भागेका देशहरू पनि छन् ।
बेलायतमा राजतन्त्रको विरोधमा ११ वर्षसम्म गृहयुद्ध भएको थियो र त्यस युद्धमा त्यहाँको ११ प्रतिशत मानिस मरेका थिए । त्यसमा मारिएकाहरूमध्ये बढी सङ्ख्या किसानहरूको थियो ।
नयाँ सेना भनिएका किसानहरूको सेना समाजको आमूल परिवर्तनको पक्षमा थियो । खेतीपातीमा मात्रै ‘जमिन जोत्नेको’ होइन–राजधानी सहरका ठुलठुला कारखाना, व्यापार र घरमा समेत भागबन्डाको माग गरिएको थियो । तिनीहरूको तर्कअनुसार खेत, पहाड र जङ्गल प्रकृतिले दिएकोमा भौतिक वस्तु मात्रै हकको दाबी नभई राजधानीका ठुलाठुला दरबार, महल र व्यापारिक केन्द्रको सम्पत्ति पनि साझा हुनुपर्दछ । घामपानी–हरिया जङ्गल मात्र प्रकृतिको देन होइन, विशाल घर, बजार र उत्पादनका साधनहरू पनि सबै प्राकृतिक वस्तुबाटै बनेको हुँदा त्यसमा पनि सबैको हक लाग्छ भन्ने थियो ।
नयाँ सेनाका माथिल्ला खानदानी अफिसरहरू सहरका पुँजीपति र सामन्तहरूसँग मिल्न गए र किसानहरूले बन्दी बनाएका राजा चाल्स पहिलोलाई छुटाउन राती अचानक नयाँ सेनाका ठालुहरू पुँजीपतिवर्गसँग मिल्न गए । त्यसले आफ्नै सेनामाथि घात ग¥यो र हमला ग¥यो । तर, किसान सेनाले पुँजीवादी सेनालाई धपायो ।
तब बाध्य भएर पुँजीपतिवर्ग र सामन्तवर्गले राजाको ज्यान जोगाउन १० वर्षसम्म बोलाउन छोडेको संसद्लाई बोलाए र झन्डै १५१ जनाको एउटा अदालतमार्फत राजाको मुद्दा हे¥यो । किसानहरूले बन्दी राजालाई छोडेनन्, नयाँ सेना र किसानका प्रतिनिधिहरू पनि सशक्त सदस्य बनेका थिए ।
संसदीय अदालतले राजालाई ज्यान सजायको फैसला सुनायो र सारा जनताको अगाडि राजा काटियो । युरोपमा पहिलो चोटि ठुलो भुइँचालोजस्तो घटना घट्यो ।
१० वर्षपछि नयाँ सेनाको प्रधानसेनापति क्रामवेल मरे, उसका छोरा गद्दीमा बसे, तर उनी राजनीतिक व्यक्ति थिएनन् र सेनाका नेता पनि थिएनन् । उनले राजीनामा दिए । नयाँ सेनालाई आयरल्यान्ड र अन्य देश कब्जा गर्न पठाइए, लण्डनमा नयाँ सेना कमजोर भयो ।
यस्तो अवस्थामा सामन्त र पुँजीपतिवर्ग मिलेर राजाको पुनस्र्थापना गरे – त्यसमा सर्त थियो, संसद्को निर्णयमा राजाले हस्ताक्षर गर्नैपर्ने छ । त्यसैले, दरबारका एक कर्मचारीले दरबारभित्रको भित्तामा लेख्यो, ‘यहाँ देशको सर्वशक्तिमान राजा राज गर्नुहुन्छ तर उनका मन्त्रीले राजालाई गोली हानी मारेमा मुद्दासमेत चल्दैन ।’ अर्थ हो, संसद्को बहुमत दलकै मानिस मन्त्री बन्छन् यसकारण मन्त्रीको कदम संसद्को बहुमतको अर्थ लाग्छ । यस्तो स्थितिमा राजतन्त्रको पुनस्र्थापना हुन्छ ।
फ्रान्सेली क्रान्तिमा राजाले विदेशी राजासँग मिलेर आफू फ्रान्सको सीमा नाघेपछि आफ्नो देशमा हमला गर्न भनी पत्र लेखेका थिए । त्यो चिठी जनताको हातमा प¥यो । जनताले विदेशी सेना ल्याउन खोज्ने राजालाई ‘देशद्रोही’ र ‘विश्वासघाती’ को आरोपमा ज्यान सजाय दियो – मानिस मार्ने मेसिन–गिलोटिनले ।
पुनः युरोपमा हाहाकार भयो । त्यहाँ पनि सामन्त र पुँजीपतिवर्ग मिले र फिलिप भन्ने एक दरबारियालाई राजा बनाइयो । तर, फ्रान्समा क्रान्तिको ज्वाला शान्त भइसकेको थिएन र राजा फिलिप गद्दी छोडेर भागे ।
दोस्रो विश्वयुद्धमा संरा अमेरिकाले जापानमा अणुबम खसालेर हार स्वीकार्न लगायो । राजाले युद्धको घोषणा गरे पनि संसद्ले युद्ध गरेको हुँदा प्रधानमन्त्रीलाई अमेरिकी सेनाले उसकै बैठकमा गोली हानेर मा¥यो । अनि अमेरिकी सेनापति माकार्थीले जापानी राजालाई ‘यो संविधानअनुसार शासन गर्नू’ भनी संविधान ठम्याए । त्यही संविधान आजसम्म चालु छ । हारेको राजा शत्रुको दयाले राजा बन्यो ।
अफगानिस्तानका राजालाई पुनः राजा बन्न बोलाउँदा राजाले परिस्थिति धेरै अगाडि बढिसकेको हुँदा उनले अफगानिस्तानबाट बिदा लिए ।
कम्बोडियाको राजा सिंहानोकलाई युद्धको विरोध गरे । उनले अमेरिकी साम्राज्यवादको पक्ष लिएनन् । षड्यन्त्रपूर्वक गणतन्त्र घोषणा गरियो । राजा सिंहानोक साम्राज्यवादसँग नझुकी कम्बोडिया, भियतनाम र लावसका जनतासँग मिलेर लडे । संरा अमेरिकी सैनिकहरू हेलिकप्टरको डोरी समातेर भागे । देश स्वतन्त्र भयो । सिंहानोक फेरि कम्बोडियाको राजा बने । आज उसैका छोरा राजा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *