भर्खरै :

दुर्गम क्षेत्रमा उडान बन्द किन ?

दुर्गम क्षेत्रमा उडान बन्द किन ?

२०८१/१२/४

माननीय मन्त्री बद्रीप्रसाद पाण्डेज्यू,
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,
सिंहदरबार, काठमाडौँ ।

विषय : खुलापत्र ।

कर्णाली र सुदूरपश्चिम प्रदेश नेपालका अविकसित पारिएका प्रदेश हुन् । यो विषय तपाइँलाई अवगतै छ । तपाईँ बाजुरा जिल्लाको बासिन्दा र प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद भएको हुँदा कर्णालीको बाटोघाटो तथा यातायातको दुर्गतिबारे भुक्तभोगी नै हुनुहुन्छ । तपार्इँलाई बाजुराका जनताले यातायातको राम्रो व्यवस्था हुने अपेक्षासहित मत दिई जनताले जिताएका होलान् ।
हाल नेपालञ्जबाट हवाईजहाजको सेवा जिल्लाहरूमा पहाड र हिमालका बिरामी, अस्पतालका अति संवेदनशील उपकरण, बैङ्कका रुपैयाँ, शैक्षिक सामग्रीलगायतका अति आवश्यक वस्तु पु¥याउने काम भइरहेको नेपाल वायु सेवा निगमका एनए जहाज २ महिना अघिबाट बिग्रेर बन्द छ । अन्य निजी कम्पनीका जहाजहरू पनि दुर्गम जिल्लामा जाने अवस्थामा छैनन् । समिट एयरको जहाजले सेवा दिइरहेकोमा अहिले उक्त जहाज काठमाडौँबाट पर्यटकहरू उडाउन प्रयोग भइरहेको छ । यसले नेपालगञ्जबाट पहाड र हिमाल उड्नेहरूलाई निकै मर्का परेको छ । यसलाई तत्काल गम्भीरताका साथ सोचेर व्यवस्था गर्न जनताको माग छ । सरकारले जनताका समस्या २४ घण्टाभित्र सम्बोधन नगरेमा जनता सडकमा ओर्लिने तयारी गर्दै छन् । त्यसबाट उत्पन्न परिणामको दोष तपार्इँ र नेपाल सरकार हुनेछ ।
देशमा गणतन्त्रपछि निर्वाचित राजाहरूजस्तै देखा परेकोमा सरकारहरूदेखि जनता आक्रोशित छन् । जनताको समस्या समाधान गर्न नसकेकाहरू कुर्सी ओगटेर बस्ने होइन, बाहिरिने हो । यही स्थिति कायम रहे जनताले जिल्ला–जिल्लाका सरकारका नेताहरूलाई चौतारोमा उभ्याएर स्पष्टीकरण लिनुपर्ने अवस्था आउनेछ ।
नेपाल एयरलाइन्सलाई सरकारले किन बलियो बनाएन र पर्याप्त जहाजको व्यवस्था गर्ने काम किन गरेन ?
देशको हवाइ यातायात सर्वत्र लथालिङ्ग रहेकोबारे तपाईँहरू किन बुझ पचाउँदै हुनुहुन्छ । युरोपेलीहरूले नेपालका जहाजलाई कालोसूचीमा राखेको तपाईँलाई जानकारी नै छ ।
जुम्लामा विगत तीन दिन वर्षा भयो । समिट एयरको जहाज काठमाडौँ गयो । तीन दिनदेखि त्यहाँका यात्रु नेपालगञ्ज विमानस्थलमा थन्केर बसेका छन् । त्यस्तै जुम्लाबाट तल झर्ने यात्रु, बिरामी, वृद्ध, बालक आदि जुम्ला विमानस्थलमा कुरेर बसेका छन् । उनीहरूको ज्यान जोखिममा छ । नेपालगञ्जबाट सेवा पाउने बाजुरा, हुम्ला, मुगु, डोल्पा, रुकुम आदि विमानस्थलमा पनि जनता अलपत्र छन् । उनीहरूको उडानको व्यवस्था मिलाउन सरकार अविलम्ब तड्कारो रूपमा अघि बढ्नु जरुरी छ । जनता तपाइँको निर्णयको प्रतिक्षामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *