समयमै सम्बन्धित निकायको ध्यान जाओस्
- कार्तिक १७, २०८२

चैत ७ गतेदेखि यस वर्षको एसईई परीक्षा चालु भइरहेको छ । एसईई परीक्षामा करिब पाँच लाख १४ हजार परीक्षार्थी सामेल हुँदै छन् । यो परीक्षामा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा फाराम नभरेका, विद्यालय छाडेका विद्यार्थीहरूको समेत सिम्बोल नम्बर कायम गरेको छ । एसईई परीक्षा फाराम नै नभरेका विद्यार्थीहरूको सिम्बोल नम्बर कसरी कायम गरियो ? यो अव्यवस्थामा संलग्न सबैलाई कारबाही हुनु जरूरी छ र दोहोरिन नदिन राष्ट्रिय परीक्षा बोर्डले ध्यान दिनु आवश्यक छ । धेरै परीक्षार्थी भएका विद्यालयको सीट प्लानिङ एउटै कोठामा गरिएको पनि उपयुक्त होइन । परीक्षा बोर्डले सीट प्लानिङमा दोहोरो मापदण्ड कायम गरेको अर्को गलत हो । तीन तीन वर्षमा विद्यालयको परीक्षा केन्द्र परिवर्तन हुने व्यवस्था जरूरी छ । सरकारले परीक्षा बोर्डसँगसँगै विद्यार्थी विद्यालय प्रवेशदेखि एसईईसम्म गुणस्तरीय बनाउन आवश्यक अनुगमनलाई प्रभावकारी बनाउनु जरूरी छ ।
Leave a Reply