भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, १४ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सोमबार सरोकारवालाहरूसँगको बैठक भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
बैठकमा प्रमुख प्रजापतिले २०८१/८२ को बिस्का जात्रा निर्धारित समयमा सुरक्षित ढङ्गले सम्पन्न गर्न सम्बन्धित सरोकारवालाहरूले आ–आफ्नोतर्फबाट आवश्यक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले २०८१ चैत २८ गतेदेखि २०८२ वैशाख ५ गते सम्म सञ्चालन हुने ८ रात ९ दिनको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा देशी तथा विदेशीको साझा जात्राको रूपमा रहेको बताउनुभयो ।
बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले गत वर्षजस्तै यस वर्षको बिस्का जात्रालाई पनि शान्तपूर्ण ढङ्गले सम्पन्न गर्न सरोकारवालाहरूबाट साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रजिअ गोपालप्रसाद अर्यालले भक्तपुर नपाले अपनत्व ग्रहण गरी बिस्का जात्रालाई शान्तिपूर्ण बनाउने प्रयास सराहनीय भएको बताउँदै देशकै गौरवको रूपमा रहेको बिस्का जात्रालाई सबैको सहयोगमा सभ्य र भव्यरूपमा सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
बैठकमा गुठी संस्थान भक्तपुरका प्रमुख खिमा ओलीले गुठी संस्थान कार्यालयले बिस्का जात्राबारे गुठी संस्थानको हालसम्मको तयारीबारे जानकारी गराउनुभयो ।
बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी, भैरवनाथ जात्रा सहयोग समिति, अस्पतालहरूका प्रतिनिधि र जात्रासँग सम्बन्धित सरोकारवालाहरूको उपस्थिति थियो भने बिस्का जात्रा व्यवस्थापनबारे आ–आफ्नोतर्फबाट हुने सहयोग र तयारीबारे बैठकमा अवगत गराउनुभयो ।
बिस्केट जात्रा सञ्चालन गर्ने विषयमा जात्रासँग सम्बन्धित सरोकारवालाबिच भएको महत्वपूर्ण निर्णयहरू :
Leave a Reply