ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, १४ चैत । भनपा वडा नं. ९ मा रहेको पासा पुचःको बिहीबार साधारणसभा भयो ।
उक्त सभामा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले समाज परिवर्तनका लागि अनेक कठिन समस्याको सामना गर्दै ४४ वर्षसम्म संस्थालाई निरन्तरता दिइरहनु पासा पुचःको सराहनीय काम हो भन्नुभयो ।
अग्रजहरूको ज्ञान, सीप, कला, अनुभव नयाँ पुस्तामाझ पु¥याएर नयाँ पुस्तालाई पनि समाजप्रति समर्पित बनाउनुपर्ने आवश्यकता औँल्याउँदै विभिन्न साहित्य, गीत, नाटक, ख्यालमार्फत सामाजिक, राजनीतिक, सांस्कृतिक स्तर परिवर्तनमा पासा पुचः को योगदान उल्लेख्य रहेको बताउनुभयो ।
समाजमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न समाजका अग्रजहरू समाजभित्र पसेर नयाँ पुस्तालाई मार्ग निर्देश गर्नुपर्ने उल्लेख गर्दै उहाँले आफू जहाँ गए पनि बसे पनि आफ्नो पहिचान कायम गरिरहनुपर्नेमा जोड दिनुभयो ।
आमाबाबुको दुःख सन्तानलाई नबताउँदा र सन्तानको वस्तुस्थिति बुझ्न नसक्दा समाजमा बेमेल बढेको र सन्तानहरू गलत बाटोमा गइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले सामाजिक सञ्जालमा फसेर ऋणमा डुबेको दृष्टान्त बताउनुभयो ।
पासा पुचःका संस्थापक अध्यक्ष एवं सल्लाहकार कृष्णगोपाल कुसीले गीत, नृत्य, नाटक, ख्याल (व्यङ्ग्य) मार्फत जनतालाई सुसूचित पार्ने काम पासा पुचःले गरिरहेको भूमिकाबारे चर्चा गर्दै कलाकारहरूलाई नियममा बसालेर अनुशासित बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विगतमा नाटक देखाउँदा प्रहरीले दुःख दिए पनि कलाकारहरू नझुकी काम गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले २०३९ सालमै प्रगति गीत लेखेर भजन सुरु गरेको स्मरण गर्नुभयो ।
अर्का सल्लाहकार विष्णुगोपाल कुसीले नाचगानको सहर भक्तपुर कलाकारहरूको केन्द्र रहेको उल्लेख गर्दै दाजुभाइ र छरछिमेकबिच विवाद भयो, बेमेल भयो भनेर सिद्धान्त र विचार छोड्न नहुने बताउनुभयो ।
भक्तपुरमा नौबाजा समूह थोरै रहेको र नौबाजा गुरुको सङ्ख्या पनि कम भएको हुँदा नौबाजा तालिम दिनुपर्ने आवश्यकता औँल्याउँदै पासापुचको साहित्यिक, साङ्गीतिक यात्राको सफलताको कामना गर्नुभयो ।
पासा पुचः का अध्यक्ष विष्णुभक्त कुसीको सभापतित्वमा भएको सो सभामा कोषाध्यक्ष दिलबहादुर कासिछ्वाले आयव्यय र सचिव हरिराम कुसीले कार्यक्रमको आवश्यकताबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा भक्तपुर महोत्सव, गाईजात्रा महोत्सव सफल पार्न विभिन्न नाचगानमा सहभागी कलाकारहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
Leave a Reply