भर्खरै :

पूर्वराजावादी र राप्रपाहरूको उग्र प्रदर्शनको कारण राणाकालीन प्रधानमन्त्रीहरूको शासन शैली ?

पूर्वराजावादी र राप्रपाहरूको उग्र प्रदर्शनको कारण राणाकालीन प्रधानमन्त्रीहरूको शासन शैली ?

१५ चैत २०८१ को शुक्रबारको दिन पूर्वराजावादी र राप्रपाको ‘हिंसात्मक… राजावादी आन्दोलन’ ‘ठाउँ ठाउँमा आगजनी र लुटपाट’ ‘दुई युवाले… गुमाए ज्यान’ समाचारहरू (नयाँ पत्रिका, १६ चैत २०८१) को शीर्षक र उपशीर्षक हुन् । यसको अन्तर्य के हो ?
बेलायतमा १६४० तिर क्रामबेलको नेतृत्वमा भएको पुँजीवादी सशस्त्र क्रान्ति १० वर्ष चल्यो र त्यस क्रान्तिमा ११ प्रतिशत जनता मारिएका थिए । त्यस पुँजीवादी क्रान्तिमा पँुजीपतिवर्गले राजाबाट नेतृत्व गरिएको सामन्तवर्गको विरोधमा भएको पहिलो सफल सशस्त्र सङ्घर्ष थियो । त्यसमा राजा आफै लडाइँको मोर्चामा थिए; राजा पक्राउ परे र बन्दी बनाइए । १० वर्षसम्म स्थगित गरिएको संसद्को पुनः स्थापना ग¥यो र संसद्ले बनाएको ठुलो एक अदालतले राजालाई ज्यान सजायको घोषणा गर्यो र सारा जनताको सामुन्ने राजालाई ज्यान सजाय दियो ।
युरोपको इतिहासमा राजालाई ज्यान सजाय दिएको त्यो पहिलो घटना थियो । त्यसको प्रभाव उनका छोरा संरक्षक बने, उनी राजनैतिक नेता थिएनन् न त सैनिक नेता थिए । एक वर्षमै उनी शासन सम्हाल्न नसकेर राजीनामा दिन बाध्य भए । बेलायती पुँजीपतिवर्ग र सामन्तवर्ग थर्कमान भए । उनीहरू आपसमा मिलेर संसद्को सम्पूर्ण निर्णय स्वीकार गर्ने सर्तमा अर्को नयाँ राजा बेलायतको गद्दीमा राखियो । बेलायतको त्यसबेलादेखिको राजालाई ‘पुँजीवादी’ राजा (पुँजीपति वर्गको कठपुतली) भनियो ।
बेलायती क्रान्तिको पछिल्लो भाग पुँजीपतिवर्ग तथा सामन्तवर्गको मेलमिलापलाई पछि–पछि फ्रान्स र युरोपका अन्य देशहरूले पनि सामन्त र पुँजीपतिवर्गको घमण्डको होस खुल्यो ।
नेपालको वर्तमान नेपाली काङ्ग्रेस, एमाले र एमाओवादीजस्ता शासक वर्ग न पँुजीपतिवर्गको नेतृत्व गर्न सक्ने दलहरू हुन् न त समाजवादको मर्मलाई बोक्ने सोच भएका नेतृत्वहरू हुन् । तिनीहरूका दलभित्र विदेशी एकाधिकार पुँजीका एजेन्टहरू र सामन्तवर्गका दलालहरू खचाखच भरिएका छन् । यसकारण, तिनीहरूको चाल न समाजवादको भयो न त देश र जनताको इच्छाअनुसार देशलाई जोगाउन सक्ने देशभक्त देखिए । देशका सामन्तवर्गमाथि विदेशी प्रतिगामी र दक्षिणपन्थीहरूको प्रभाव पर्नु स्वाभाविक हो ।
गणतन्त्रको पक्षमा ‘समाजवादी मोर्चा’ भनिने पक्षले आयोजना गरेको जनप्रदर्शन र जनसभामा नेताहरूले राजावादीहरूलाई ‘हिंसा र अराजकता मच्चाएर प्रतिगामी गतिविधि नगर्न चेतावनी दिए ।’ (नयाँ पत्रिका, १६ चैत २०८१)
‘निशानामा पत्रकार र सञ्चारगृह’ ‘लात् रिपोर्टिङ गर्दागर्दै आगो लागेर ज्यान गुमाए सुरेश रजकले’, ‘आज माइती घरमा पत्रकार महासङ्घको विरोध सभा’ (नयाँ पत्रिका, १६ चैत २०८१) ।
१६ चैत २०८१ नागरिक (शनिबार) ले लेख्यो – ‘राजावादी प्रदर्शनमा अराजक उन्माद’ ‘…धवल शमशेर राणा, रवीन्द्र मिश्रसहित १७ पक्राउ’, ‘काङ्ग्रेस, एमाले र माओवादीद्वारा हिंसाको निन्दा’ ।
१६ चैत २०८१ को ‘अन्नपूर्ण पोष्ट’ले लेख्यो – ‘राजावादीको निशानामा अन्नपूर्ण र केही मिडिया’ ।
निलाम्बर आचार्य र अन्य बुद्धिजीवीहरूले भने – ‘आन्दोलनको नाममा अराजकताको पराकाष्ठा’ राजधानीको भृकुटी मण्डपमा ‘समाजवादी मोर्चा’मा सहभागी कार्यकर्ता र नेताहरूले पनि “जनतालाई रैती बनाउने कुचेष्टा नगर्न चेतावनी ।” (अन्नपूर्ण पोष्ट, १६ चैत २०८१)
उक्त दैनिकको प्रकाशनको सम्पादकीयले लेख्यो – ‘निरङ्कुशताको अराजकताले डग्दैन लोकतन्त्रको प्रेस ।’
रिपोर्टिङमा भन्छ – ‘प्रेस स्वतन्त्रतामाथि राजावादीको धावा, ‘अन्नपूर्ण’ मा आगजनी र तोडफोड, ‘एभिन्युज’ का क्यामेराम्यानकै ज्यान गयो ।’ अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भने, “यो त आतङ्कवादी गतिविधि हो ।”
१६ चैतको ‘कान्तिपुर’ ले आफ्नो विशेष सम्पादकीयमा लेख्यो, ‘ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाऊ ।’ रिपोर्टिङ यस्तो थियो – ‘तोडफोड, आगजनी र लुटपाटमा राजावादी’ प्रदर्शन हिंसात्मक, दुई जनाको मृत्यु, ११० घाइते । ज्ञानेन्द्र शाहका कमान्डर दुर्गा प्रसार्इँ फरार ।’ ‘भिडियो खिच्दा खिच्दै भवनसँगै जले पत्रकार सुरेश ।’
१७ चैत २०८१ को अन्नपूर्ण पोष्टले लेख्यो, ‘राजावादीको आगोले सन्चो उत्पादक कम्पनीमा ठुलो क्षति ।’ १७ चैतकै एक पत्रिकाले लेख्यो, “‘तीनकुने हिंसा’ को जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने काङ्ग्रेसको निष्कर्ष ।”
मोटर, मोटरसाइकल, उपचार सामग्री र औषधि आदि नेपाली सामान जलाउनु र भष्म पार्नु भनेको विदेशी पँुजीको नाफा बढाउनु हो र नेपाल र नेपाली जनतालाई गरिब बनाउनु हो । नेपालका राजनीतिक उपद्रवहरूमा निश्चित देशको हात भएको नेपाली जनताले बिर्सेका छैनन् – गोरखापत्र छापाखाना र सिंहदरबारको आगलागी ! सबै नेपाली जनता देशद्रोहीहरूबाट होसियार हुनु उत्तम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *