सरकारको नीति तथा कार्यक्रम : उपेक्षामा स्वास्थ्य क्षेत्र
- जेष्ठ ४, २०८३
काठमाडौँ, २० चैत । ऐतिहासिक जनआन्दोलन २०४६ मा पञ्चायती निरङ्कुश तानाशाहीविरुद्ध भएको जनआन्दोलनको क्रममा कीर्तिपुरका वीर सपुतहरू लनबहादुर महर्जन, हिराकाजी महर्जन, राजमान माली र राजेन्द्र महर्जनले चैत २० गते वीरगति प्राप्त गरेका थिए । देश र जनताको मुक्ति र प्रजातन्त्र पुनःस्थापनाको लागि भएको २०४६ सालको जनआन्दोलनमा कीर्तिपुरका चार जना वीर सपुत र कीर्तिपुरका जनताले अनुकरणीय योगदान गरेका थिए ।
यी नै अमर सहिदहरूको सम्मानमा बुधबार बिहान सहिद स्मृति व्यवस्थापन समितिको आयोजनामा सहिद प्रतिमास्थल खासीबजारमा माल्यार्पण कार्यक्रम भयो । आजै चार सहिद परिवार तथा बीस जना घाइते योद्धाहरूलाई सम्मान गरियो । सम्मान र माल्यार्पणपछि कीर्तिपुर, पाँगा र नगाउँमा पदयात्रा गरी नगाउँमा समापन भएको थियो ।
कार्यक्रममा सांसद राजन केसीले सत्तासीन राजनैतिक दल नसुधे्रको कारण राजा पक्षधर मानिसहरू चलयमान हुन थालेको बताउँदै ०४६ सालको जनआन्दोलनको भावना र सहिदको सपना पूरा गराउन जनस्तरबाट दबाब दिनुपर्ने बताउनुभयो ।
कीर्तिपुर नगर प्रमुख कृष्णमान डंगोलले प्रजातन्त्र र गणतन्त्रको रक्षाको लागि नयाँ ढङ्गले अगाडि बढ्नु आवश्यक रहेको बताउनुभयो ।
सहिद स्मृति व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति नारायण महर्जनले देशमा आन्दोलनको बलले पटक–पटक परिवर्तनसँगै शासक दल फेरिए पनि सहिदको सपना साकार पार्न नसक्नु शासक दलको सहिदप्रति हेपाहा नीति हो भन्नुभयो । उहाँले भन्नुभयो, “शासक दलको जनविरोधी गतिविधिकै कारण राजा पक्षधरहरूले टाउको उठाउन खोजेका हुन् । तर, म्याद सकेको ओखती काम नलागेझैँ समाप्त भइसकेको राजतन्त्र पुनः फर्कने कुचेष्टा गरेमा विदेशमा राजाको टाउको काटेर फूटबल खेलेझँै यहाँ पनि त्यस्तै घटना नदोहोरिएला भन्न सकिन्न ।”
उहाँले भन्नुभयो, “कीर्तिपुरमा जनताको आन्दोलनबाट आत्तिएर तानाशाही सरकारले हेलिकप्टरबाट समेत गोली गठ्ठा, टियर ग्यास छोडेको हामीमा आलै छ । टियर ग्यास र गोलीको परवाह नगरी सयौँ जनाले गोली खाँदै आन्दोलनलाई सफलतामा पु¥याएका थिए ।”
उपत्यकाको हकमा भक्तपुरमा फागुन ८ गते, ललितपुरमा चैत १७ गते र कीर्तिपुरमा चैत २० गते ऐतिहासिक आन्दोलनले फडको मारेपछि चैत २४ गते काठमाडौँका जनता उठेका थिए । फलस्वरूप, तत्कालीन राजा वीरेन्द्रले चैत २६ गते आन्दोलनरत दल र सरकारको सम्झौता भई निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाको घोषणा गरिएको थियो । आन्दोलन सफलतामा टुङ्गिएको थियो । यसरी देश र जनताको प्रजातन्त्रको लागि वीरगति प्राप्त गरे पनि वास्तविक प्रजातन्त्र हामीले प्राप्त गर्न सकेका छैनौँ । प्रजातन्त्र सत्तासीन राजनैतिक दलको पेवा बनिरहेको छ । गाउँगाउँ बस्तीबस्तीसम्मका जनताले प्रजातन्त्रको अनुभूति गर्न पाएका छैनन् ।
सहिदको इच्छा, आकाङ्क्षा र योगदानको कदर गर्न जनविरोधीहरूविरुद्ध सङ्घर्ष गर्ने प्रेरणा हामीले लिनुपर्दछ ।
Leave a Reply