लेनिनका सम्झनाहरू
- बैशाख ११, २०८२
भक्तपुर, २२ चैत । दत्तात्रय आधारभूत विद्यालय, तचपाल टोल, भक्तपुर –९ मा नववर्ष २०८२ सालको शुभ–कामना एवं विद्यालयको समसामयिक विषयमा छलफल कार्यक्रम शुक्रबार भयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिका ९ नं. वडाध्यक्ष रवीन्द्र ज्याख्वले विद्यालयको शैक्षिक गुणस्तरको लागि स्थानीय सरोकारवाला बुद्धिजीवीको सहभागिता आवश्यक रहेको र विद्यालयको क्रियाकलापमा स्थानीय जनताको सरोकारका सार्वजनिक मठ, मन्दिर, पाटी, पौवा, पोखरी, संरक्षण आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
पूर्ववडाध्यक्ष विष्णुबहादुर मानन्धरले विद्यालय स्थापनाको ऐतिहासिक पृष्ठभूमिलगायत समसामयिक विषयमा आफ्नो भनाइ राख्दै विद्यालयको प्रगतिको कामना गर्नुभयो ।
पूर्वप्रधानाध्यापक शर्मिला श्रेष्ठले विद्यालयले गरेका अतिरिक्त क्रियाकलापबारे प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय मानन्धरले छलफलमा उठेका विषयलाई ध्यान दिई शैक्षिक गुणस्तर कायम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सञ्चालक प्रधानाध्यापक सज्जन प्रधानले भक्तपुर नगरपालिका वडा नं. ९ स्थित सामुदायिक विद्यालय वागीश्वरी मा.वि., सरस्वती विद्यागृह मा.वि. र दत्तात्रय आ.वि.को शैक्षिक गुणस्तर र प्रगतिको लागि शिक्षक ज्ञानसागर प्रजापतिको संयोजकत्वमा समन्वय समिति गठन गरी विगत २ वर्षदेखि तीन ओटै विद्यालयमा विभिन्न अतिरिक्त कार्यक्रम गरिरहेको जानकारी गराउनुभयो ।
Leave a Reply