भर्खरै :

‘अन द जब ट्रेनिङ’ को अभिमुखीकरण कार्यक्रम सम्पन्न

‘अन द जब ट्रेनिङ’ को अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर, २२ चैत । वागीश्वरी माविमा सञ्चालित कक्षा ९–१२ प्राविधिक धारका विद्यार्थीहरूको एसईई पछिको ३०० घण्टाको ‘अन द जब ट्रेनिङ’को अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य एवं विद्यालयका पूर्वप्रअ मोहनप्रसाद प्रजापतिले विद्यार्थीको सफलतामा अनुशासन, लगन र मेहेनतको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
विद्यार्थीको बानी–व्यवहार विद्यालयको नामसँग जोडिने भएकोले विद्यार्थीको बोली–व्यवहार सुसंस्कृत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
विद्यालयका प्रअ कृष्णप्रसाद कर्माचार्यले एसईईमा सफलताको कामना गर्दै अन द जब तालिमले सीपसँगसँगै आत्मविश्वास पनि बढाउने बताउनुभयो ।
कार्यक्रममा सहायक प्रअ उकेश सुवाल, शिक्षक निशान्त लवजु, प्रशिक्षक सुनिल खाइतु र टेक्स कार्यक्रम संयोजक दिनेश प्रधानले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *