अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, २२ चैत । च्वङा गणेश भजन खलको ११ औँ साधारणसभा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै बिस्केट जात्रा शान्तिपूर्णरूपमा मनाउनुपर्ने बताउनुभयो ।
चोङा गणेश स्थानमा विकास निर्माण गर्न नेपाली सेनासँग सहकार्य भई सकारात्मकरूपमा छलफल अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
पूर्ववडाध्यक्ष लक्ष्मीनारायण राजलवटले चोङा गणेश क्षेत्र सार्वजनिक र धार्मिक स्थल भएको बताउनुभयो ।
गणेशभक्त कोजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा कृष्णगोविन्द मुलगुठी, शारदाभक्त वैद्य, कोषाध्यक्ष कृष्णप्रसाद दुगुजु र वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर महोत्सवमा सहयोग गर्ने वडावासीहरूलाई वडाध्यक्ष खत्रीले कदरपत्र प्रमाण प्रदान गर्नुभएको थियो ।
Leave a Reply